सुन्दरहरैंचा नगरपालिकाका लेखा प्रमुख ढकाल घुस सहित रंगेहात पक्राउ

सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रूपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग  इटहरी कार्यालयबाट खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकम सहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै पक्राउ गरेको छ । ढकालले  सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । उनी माथि अनुसन्धान भैरहेको आयाेगले जनाएको छ ।  

सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले लेखा प्रमुख ढकाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको पुष्टि गर्दै यस बारेमा अनुसन्धान भएर थप विवरण आउँन बाँकी रहेको उल्लेख गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित