आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने

काठमाडाैं / नेपाल राष्ट्र बैंकले आज (शनिबार) पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गते समेत राति ८ बजेसम्म सिस्टम खुला राख्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित