फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

इटहरी/ नेपाली फिल्मका अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । बिहिवार राती ११ बजे ताम्राकारले काठमाडौको रातोपुलमा अवस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । घरमा कोहि नभएको अवस्थामा ताम्राकारले आफ्नो घरको रेलिङ्गमा प्लास्टिकको पाईपको पासो लगाई आत्महत्या गरेका हुन् । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पछिल्लोसमय फिल्म ‘ह्यासट्याग माया’ को छायांकनमा ब्यस्त सारुक बिहिवार बिहान ५ बजेसम्म सो फिल्मको छायांकनमै थिए । तर राती उनले अचानक गरेको आत्महत्याले सबैलाई स्तब्ध बनाएको छ । उमेरले ३१ वर्ष पुगेका ताम्राकार फिल्म ‘रानी’बाट अभिनयमा डेब्यु गरेका थिए । त्यसपश्चात् उनले ‘मेरि मामु’ र ‘इन्टु मिन्टु लण्डन’ समेत अभिनय गरेका छन् । सारुकका बुवा सानू ताम्राकार कलाकार तथा चलचित्र कलाकार संघका पुर्व कार्यवाहक अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित