पाथीभरा स्कुलद्वारा “पाथीभरामा संस्कार शिक्षा” नामक पुस्तक विमोचन

इटहरी / सुनसरीको इटहरीस्थित पाथीभरा माध्यमिक विद्यालयले पाथीभरामा संस्कार शिक्षा नामको पुस्तक विमोचन गरेको छ। स्कुलका अध्यक्ष निर्मल रिजालले एक कार्यक्रमका बिच पुस्तकको विमोचन गर्नुभएको हो।

अहिले नैतिक शिक्षाको कमी भइरहेको सन्दर्भमा यो पुस्तक कोसेढुंगा साबित हुने अपेक्षा गरिएको अध्यक्ष रिजालको भनाई छ। स्कुलमा कार्यरत शिक्षिका सुष्मा ढकालद्वारा लिखित पुस्तकले विद्यार्थीलाई कसरी संस्कारी बनाउने भन्ने सिकाइने कार्यक्रममा जानकारी दिइएको छ।

कार्यक्रममा लेखिका ढकालले पुस्तकलाई पाठ्यपुस्तकका रूपमा नभएर सन्दर्भ सामग्रीको रूपमा तयार गरिएको भन्दै यो विद्यार्थी अनि अभिभावक दुवैले अनिवार्य अध्ययन गर्नुपर्ने बताउनुभयो।

यस्तै स्कुलका प्रधानाध्यापक डा.गोपाल श्रेष्ठले विद्यार्थीलाई संस्कारी बनाउन स्कुलले हर सम्भव प्रयत्न गरिरहेको भन्दै अभिभावकले पनि कसरी भूमिका निर्वाह गर्ने भन्ने यो पुस्तक पढिसकेपछि सिकिने बताउनुभयो। कार्यक्रममा स्कुल सञ्चालक समिति सदस्य चण्डिका भण्डारी, स्कुलका सहायक प्रिन्सिपल विक्रम घिमिरेलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित