भारतबाट १० महिनामा भित्रियो ५८ करोडको गोलभेंडा

काठमाडौं / चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो ।

यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा ३ करोड १० लाख किलोग्राम गोलभेडा भित्रिएको विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उल्लेख छ ।

नेपाली उत्पादनले सम्पूर्ण देशको माग नै धान्ने समयमा समेत भारतबाट निर्वाध गोलभेँडा भित्रिरहेको छ । जेठ, असार र साउन महिना नेपालमा गोलभेँडा उत्पादनको सिजन मानिन्छ । तर, यस अवधिमा भारतबाट गोलभेँडा निर्वाधरुपमा आउँदा स्वदेशी उत्पादनले बजार पाइरहेको छैन ।

हाल किसानले उत्पादन गरिरहेको टनेलको गोलभेडाको मूल्य प्रतिकिलो २ रुपैयाँ समेत पाइरहेका छैनन् । यो गोलभेडाको थोक मूल्य प्रतिकिलो ८ रुपैयाँ छ भने उपभोक्ताले ४० रुपैयाँसम्म तिरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित