अब्बल बन्दै ‘बेबिलाेन’

इटहरी / सुनसरिको इटहरीमा रहेको बेबिलाेन सेकेन्डरी बाेडिङ स्कुलमा अभिभावक भेला सम्पन्न भएको छ । आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनका लागि विभिन्न योजनाहरू सञ्चालनमा ल्याउने लगायत विविध कार्यक्रमका साथ विद्यालयले अभिभावक भेला सम्पन्न गरेको प्रिन्सिपल टिकाराम दाहालले बताए । कार्यक्रममा 
उपस्थित अभिभावकहरूले शिक्षाको विकासका लागि अभिभावक, शिक्षक र विद्यार्थी मिलेर अगाडि बढ्नु पर्ने बताएका छन्। 

भेलामा ११० जना भन्दा धेरै अविभाजकहरूकाे सहभागिता रहेको थियो ।  विद्यालयले आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनका लागि विभिन्न योजनाहरू सञ्चालनमा ल्याउने विद्यालयका अध्यक्ष पुण्यप्रसाद अधिकारीले बताए । अधिकारका अनुसार शिक्षाको विकासका लागि अभिभावक, शिक्षक र विद्यार्थी मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । 

साथै कक्षा ८, ९, १० का बिध्यार्थिहरू लाइ वेभ पेज डिजाइनको कार्यशाला समेत आयोजना गरिएको थियो। २१ औ शताब्दीमा आइटीको युग भएकाले  सो कार्यशाला फलदायी हुने विश्वास विद्यालयले लिएको छ ।  प्रविधिहरूको प्रयोगबाट शिक्षण सिकाइको सुरुवात गर्ने तयारीमा रहेको यस विद्यालयले पारिवारिक वातावरणमा शिक्षण सिकाइ गर्दै आएको प्रधानाध्यापक दाहालको भनाइ छ । शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य लिएको यस विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको जनाएको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, फुटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला लगायतका विभिन्न नगर तथा जिल्ला स्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा निकाल्न विद्यालय सफल भएको छ ।

तालिमप्राप्त शिक्षक शिक्षिकाहरूबाट शिक्षण गरिँदै आएको यस विद्यालयमा व्यवस्थित लाइबेरी तथा कम्प्युटर ल्याबसमेत सञ्चालनमा रहेको र यस विद्यालयले विद्यार्थीको सहजताका लागि यसअघि ६ वटा स्कुल बस सञ्चालन गर्दै आएको प्रधानाध्यापक दाहालले जनाए । शैक्षिक क्षेत्रबाट साथै अन्य अतिरिक्त क्रियाकलापबाट विद्यालयलाई नगर तथा जिल्ला स्तरमा चिनाउन तथा विद्यार्थीहरूको पठनपाठनलाई उत्कृष्ट बनाउन आवश्यक सम्पूर्ण कार्यसम्पादन गर्दै अघि बढ्ने जानकारी दिइयो ।

विसं २०६७ सालमा स्थापना भएको विद्यालयमा ८०० भन्दा धेरै बिध्यार्थिहरू अध्ययनरत रहेका छन् , अघिल्ला बर्सहरूका एसइई हरूमा शत प्रतिशत नतिजा ल्याउन सफल यस विद्यालयले यसै वर्ष देखि सुविधा सम्पन्न नयाँ भवनबाट पठनपाठन सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित