इटहरी एपेक्स हस्पिटलमा एपेन्डिसाइटिसकाे सफल शल्यक्रिया : ७४ बर्सिया बृद्धा भन्नुहुन्छ नयाँ जीवन पाए

इटहरी । सुनसरीको रामिधुनी नगरपालिका १ निवासी ७४ बर्सिया रामकुमारी राई शुक्रवार हँसिलो मुद्रामा आफन्त सँग बात मार्दै गरेको अवस्थामा भेटिनुभयो । २ दिन अगाडी अचानक पेट दुखेर उपचारको निमित्त एपेक्स हस्पिटल इटहरी आउनुभएकी उहाँलाई अस्पतालका चिकित्सकहरूले चेजजाँच गरे पश्चात् एपेन्डिसाइटिस भएको र तुरुन्त शल्यक्रिया गर्न सुझाव दिएका थिए ।

इटहरी एपेक्समा कार्यरत सर्जन डा. लवेन्द्र नारायण साह तथा उहाँको टोलीले सफल शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रिया पश्चात् हँसिलो मुद्रामा देखिनुभएकी ७४ बर्सिया राईले अप्रेसन पश्चात् आफूले नयाँ जीवन पाएको बताउनुहुन्छ । सुरुमा उहाँको स्वास्थ्य अवस्था चेक जाँच गरेर सामान्य देखिए पश्चात् शल्यक्रिया गरिएको चिकित्सक शाहले बताए । सफल शल्यक्रिया पश्चात् पुन उहाँको स्वास्थ्य अवस्था बुझेर शुक्रवार राईलाई अस्पतालले डिस्चार्ज दिएको थियो । यता सफल शल्यक्रिया पछि ७४ बर्सिया राम कुमारी राईले अस्पताल प्रशासन तथा चिकित्सकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

एपेन्डिसाइटिस हुँदा व्यक्तिको पेट पटक–पटक दुखिरहन्छ । एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ । एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ । पेटको दुखाई सहनै नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने सम्भावना हुने भएकोले छिट्टै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

एपेक्स हस्पिटलमा गर्भवती महिलाहरूको शल्यक्रिया गरेर प्रसूति गराउने व्यवस्था समेत रही आएको छ। अन्य शल्यक्रिया सेवाहरू पनि थप गरिने कार्यकारी निर्देशक लेखी सुब्बाले बताए । सामान्य शल्यक्रियाकाेलागी इटहरी लगायत आसपासका बासिन्दाहरू धरान तथा विराटनगर जानुपर्ने बाध्यता रहेकोमा अब त्यसको अन्त्य भएको सुब्बाले बताए ।

प्रतिक्रिया

सम्बन्धित