स्वास्थ्य सँगै मानवीय सेवामा पनि तल्लीन वेदान्त हस्पिटल

इटहरी । सुनसरीको इटहरीस्थित वेदान्त हस्पिटलले बैसाक महिनाभर लाग्ने थारुहरूको महान् पर्व सिरूवा मेलाको अवसरमा विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । गत वैशाख ३ गते इटहरीको टेङ्ग्रा मेलामा गरेको निःशुल्क शिविर पछि ७ गते बिहीबार इटहरीकै वडा नं ५ ढप्किदेवी ग्रामथान , नेप्से चोकमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गरेको हो ।

शिविरमा स्थानीयहरूको स्वास्थ्य चेकजाँच सँगै सुगर ,प्रेसर ,लगायतका औषधिहरू वितरण गरिएको अस्पताल प्रबन्धक निर्देशक ईन्द्र श्रेष्ठ बताए । वैशाखको चर्को घाम एवम् अत्यधिक गर्मी र भिडभाडमा भक्तजन लगायत मेला भर्न जाने मानिस हरू बिरामी हुन सक्ने सम्भावना लाई न्यूनीकरण गर्ने उद्देश्य ले वेदान्त अस्पताल ले त्यस संस्था को अध्यक्ष सँग समन्वय गरी आफ्नै पहलमा स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालका प्रबन्धक निर्देशक इन्द्र श्रेष्ठ बताए ।

शिविरमा प्रेसर ,सुगर ,हाडजोर्नीको दुखाइ ,पेट समस्या, गर्मीका कारण रिगङ्टा लाग्ने वाकवाकी हुने ,टाउको दुख्ने खाना नरुच्ने , शरीरमा गाठागुठी , हर्नियाँ , महिला हरूको समस्या जस्ता बिरामीहरू आएको शिविरका संयोजक मान्नु राजवंशीले जानकारी दिए । परीक्षण गर्ने क्रममा ब्लड प्रेसर , सुगर सामान्य चोटपटक लागेको बिरामीको उपचार सँगै औषधि वितरण पनि गरिएको स्वास्थ्यकर्मीले बताए ।

प्रेसर कम भएको बिरामी लाई उपयुक्त परामर्श दिई जीवन जल वितरण हरियो र प्रेसर सुगर बडी भएको लाई त्यस सम्बन्धित विशेषज्ञ डाक्टर लाई भेट्ने सल्लाह दिएको सम्बन्धित स्वास्थ्यकर्मी ले बताए ।चार वाटै शिविरमा १ सय ९६ जना बिरामी हरूले सेवा लिएको त्यस शिविर मा खटिएका संयोजकले बताए ।

यस्तै अस्पतालमा दैनिक रूपमा C -arm machine प्रविधि बाट भाँचिएको हड्डी हरूमा स्टिल वा के-वार राखी अप्रेसन गरिनुका साथै ,हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको , नङ गडिएको जस्ता समस्याको उपचार पाइने श्रेष्ठ बत्ताउँछन्। दैनिक रूपमा हाडजोर्नी र जेनेरल सर्जरीको अप्रेसन समेत गरिने भएकाले सहज रूपमा सेवा लिन सकिन्छ साथै MBBS डाक्टरद्वारा २४ सै घण्टा इमर्जेन्सी सेवा प्राप्त गर्न सकिने समेत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित