इटहरी स्थित बेदान्त हस्पिटलद्वारा एकैदिन २ सय ७०जनाको निशुल्क स्वास्थ्य परिक्षण

इटहरी/ सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटलले बैशाक महिनाभर सुनसरी र मोरङ्गका बिभिन्न मेलाहरुमा बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ। बैशाक ३ गते इटहरीको ट्याङ्ग्रा मेलामा स्वास्थ्य परिक्षण गरेको बेदान्तले मंगलबार इटहरी २ र सुन्दरहरैँचामा निशुल्क स्वास्थ्य परिक्षण गरेको हो।

बेदान्तले इटहरी २स्थित सुन्दरदेवी मन्दिर र मोरङ्गको सुन्दरहरैँचास्थित कालिन्द माता मन्दिरमा मेला आयोजक सँग सहकार्य गरेर निशुल्क स्वास्थ्य परामर्श प्रदान गर्दै २ सय ७० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरेको अस्पतालका प्रबन्धक निर्देशक ईन्द्र श्रेष्ठ जानकारी दिएका छन्।

यसका साथै बेदान्त हस्पिटलमा गर्भवती महिलाको जाँच गर्नुको साथै धेरै युवती तथा महिलामा देखिने समस्या सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बार पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने, अनि तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउखटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा वा काछमा गन्थ्रिहरू सुन्निने समस्या भए समाधानका लागि दैनिक रुपमा सेवा उपलब्ध रहेको प्रवन्ध निर्देशक श्रेष्ठले बताए।

उहाँले बेदान्त हस्पिटलमा २४ सै घन्टा डाक्टरहरुद्वारा इमरजेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ बाट C-Arm machineको प्रबिधिबाट भाँचिएको हड्डिलाई सिधा गरि के वार वा प्लेटिङ्ग गरि अपरेसन गरिने बताए। प्रवन्ध निर्देशक श्रेष्ठले बेदान्तमा सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन २४ सै घण्टा उपलब्ध गराउँदै आएको भन्दै प्रत्येक दिन बिभिन्न रोगको बिभिन्न बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्राप्त गर्न सकिने बताए ।

यस्तै बेदान्तमा गर्भवती महिलाको पेट भित्रको बच्चा अबस्था हेर्न मिल्न सेवा पनि शुरु गरिसकेको छ। हस्पिटलले बच्चाको अवस्थाबारे (एनोमेली अर्थात अङ्गभङ्गता) भए नभएको आदि हेर्न मिल्ने प्रबिधि ल्याएको हो। १८ देखि २२ हप्तामा 4D भिडियो एक्सरेद्वारा बच्चाको अवस्थाबारे (एनोमेली अर्थात अङ्गभङ्गता) भए नभएको आदि हेर्न मिल्ने सेवा शुरु गरिएको निर्देशक श्रेष्ठले बताए।

एनोमेली अर्थात अङ्गभङ्गता १८ देखि २२ हप्ताको बीचमा गरिने अल्ट्रासाउण्डबाट बच्चाको स्वास्थ्य स्थितिको बिस्तृत जानकारी पाईने श्रेष्ठको भनाई छ। १८ देखि २२ हप्ताको गर्भवस्था सम्ममा बच्चाको प्राय सम्पूर्ण अङ्गहरु बनिसक्ने भएकाले कुनै अङ्गको विकास हुन नसकेको जटिल परिस्थिति भएमा यो बेला गरिने अल्ट्रासाउण्डबाट सो कुराको पहिचान गर्न सकिने श्रेष्ठको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित