गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार तथा प्रविधिमा फड्को मार्दै इटहरीस्थित पाथीभरा स्कुल

इटहरी । इटहरी क्षेत्रमा रहेका निजी विद्यालयहरूको तुलनामा बेग्लै पहिचान र अभिभावकहरूको मन जित्न सफल पाथीभरा सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८० कालागि नयाँ योजना सहित भर्ना अभियान थालेको छ । गुणस्तरीय शिक्षामा अब्बल मानिएको पाथीभरा स्कुलले थप नयाँ व्यवस्थापन सहित भर्ना अभियान सुचारु गरेको हो । विगतको भन्दा अझै  गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान सहित अभिभावकहरूलाई खुसी बनाउँदै विभिन्न कार्यक्रमहरू पनि अघि बढाएको छ । इटहरी ४ मा रहेको यो स्कुलमा हाल ८ सयको हाराहारीमा  विद्यार्थीहरू अध्ययनरत रहेका छन् । 

२०४८ सालमा स्थापना भएको पाथीभरा स्कुलले विभिन्न बाधा र अवरोधहरू हटाउँदै हाल सफलता हात पार्दै यहाँ सम्म आउन सफल बनेको हो ।  अभिभावकहरूको मन जित्न सफल बनेको पाथीभरा स्कुलले पछिल्लो  दशक यता शिक्षा सँगै भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको छ । 

 यो स्कुलले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरू लाइ उत्तिकै अब्बल बनाएको छ ।  प विभिन्न क्षेत्रमा हुने अतिरिक्त क्रियाकलापहरूमा यसै विद्यालयका विद्यार्थीहरू ले उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यो सँगै प्रत्येक वर्ष हुने एसइई परीक्षामा पनि यो विद्यालयका विद्यार्थीहरू शत प्रतिशत नतिजा ल्याउन सफल हुँदै आएका छन् ।विगतमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले यस पटक पनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास लिएको छ ।

 कक्षा २ देखि माथिका कोठाहरू प्रविधिमय बनाइएका छन् भने अहिले इन्टरनेट र प्रविधिको माध्यमबाट विद्यार्थीहरू लाइ अध्यापन गराउन थालिएको छ । प्रविधिको विकास भएसँगै यस बिद्यालयय पनि सूचना तथा प्रविधिसँग जोडेर यहाँका विद्यार्थीहरू लाइ थप गुणस्तरीय शिक्षा प्रदान गर्न तत्पर रहेको पाथीभरा स्कुलका प्रधानाध्यापक गोपाल श्रेष्ठ बताउनुहुन्छ । विद्यार्थीहरू काे क्षमता अभिवृद्धि गर्न यसै शैक्षिक सत्रदेखि खेलकुदलाई पनि विशेष जोड दिइन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल रिजालले बताउनुहुन्छ । विद्यार्थीहरू लाइ किताबको ज्ञान सँगै व्यवहारिक शिक्षालाई पनि जोड दिँदै आएको यस विद्यालय पछिल्लो समय अभिभावक र विद्यार्थीहरू काे पनि रोजाइमा उत्कृष्ट साबित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित