इटहरी स्थित एपेक्स हस्पिटलले  विशेषज्ञ डाक्टरद्वारा  निःशुल्क स्त्री तथा प्रसूति रोग सम्बन्धी सेवा प्रदान गर्ने

इटहरी । नयाँ वर्ष २०८० को अवसर पारेर इटहरीस्थित एपेक्स हस्पिटल प्रा.ली.ले नयाँ वर्षको उपलक्षमा निःशुल्क स्त्री तथा प्रसूति रोग सम्बन्धी  निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । यही आउँदो वैशाख ३ गते देखि वैशाख २० गते सम्म निःशुल्क सेवा प्रदान गर्ने भएको हो । महिला सम्बन्धी विभिन्न रोगबाट पीडित आमा दिदी बहिनी हरुलाई  लक्षित गरी निःशुल्क उपचार सेवा प्रदान गर्न लागिएको सञ्चालक तथा म्यानेजिङ डाइरेक्टर लेखी सुब्बाले बताए । 

अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा .प्रेक्षा सुब्बाका अनुसार पछिल्लो समय महिलाहरूमा प्रसूति पछि विभिन्न प्रकारका सङ्क्रमणहरू देखिन थालेका कारण निश्चित समय तोकेर निःशुल्क ओपिडी सेवा सुचारु गर्न लागिएको बताइन् । उनका  अनुसार पछिल्लो समय महिलाहरूमा विभिन्न प्रकारका समस्याहरू जस्तै योनिबाट गनाउने पानी चुहिने,पाठेघर खस्ने मासु पलाउने,महिनावारी गडबड हुने र पाठेघरको क्यान्सर जस्ता समस्याबाट पीडित आमा दिदी बहिनी हरुलाई लक्षित गरी उपचार सेवा सञ्चालन गरिएको बताइन् । 

अस्पतालले विगतमा भन्दा थप गुणस्तरीय विशेषज्ञ डाक्टरसहित विस्तारित सेवा सुरु गरेको छ । साथै अस्पतालले विगत भन्दा थप गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्नका लागि फिजिसियन सेवा हाड जोर्नी सम्बन्धी सेवा,जनरल सर्जरी सेवा,बाल रोग सेवा,नाक कान घाँटी सेवा,छाला रोग सम्बन्धित सेवा,मानसिक रोग सम्बन्धित सेवा,भिडियो x-ray सेवा x-ray सेवा फार्मेसी सेवा,गुणस्तरीय ल्याब सेवा निरन्तर रहेको र दन्त र मुटु रोग विशेषज्ञ सेवा थप गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित