परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इटहरीद्वारा आयोजित रक्तदानमा १५७ पिन्ट रगत सङ्कलन

इटहरी/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इटहरीद्वारा आयोजित रक्तदानमा १५७ पिन्ट रगत सङ्कलन भएको छ। निस्तार चाडको उपलक्ष्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो। कोसी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यतामा र इटहरी मण्डलीका प्रमुख सुमन योञ्जनले अध्यक्षता गर्नुभएको कार्यक्रम दिनको २ बजे सम्पन्न भएको थियो।

निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी ११५३औँ रक्तदान अभियान नारा दिइएको कार्यक्रमको कदर गर्दै स्वास्थ्य मन्त्री परमेश्वरको मण्डलीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। कार्यक्रममा परमेश्वरको मण्डलीले लामो समयदेखि आमाको जस्तो निस्वार्थ मनद्वारा अभिप्रेरित भई देश र समाजको हितको निम्ति विभिन्न किसिमका स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको र निस्तार चाडको उपलक्ष्यमा समाजमा प्रेम बाँड्ने रक्तदान जस्तो पवित्र कार्य गर्दै आएको कार्यक्रममा अध्यक्ष योञ्जनले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित