इटहरी स्थित एपेक्स हस्पिटलमा लेखी सुब्बाकाे प्रवेश : थप लगानी सहित नयाँ व्यवस्थापनमा अस्पताल संचालनमा

इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स हस्पिटल नयाँ व्यवस्थापनमा विभिन्न योजना सहित सञ्चालन भएको छ । अस्पतालमा सञ्चालक देखि व्यवस्थापकीय समूह सबै परिवर्तन भई नयाँ योजना सहित सञ्चालन हुने भएकाे हाे । बिगत लामाे समयदेखी सेवाग्राहीहरूको मन जित्दै आएको यस अस्पतालमा लेखी सुब्बाको प्रवेश सँगै नयाँ योजना तथा व्यवस्थापनमा सञ्चालन हुने भएको जनाइएकाे छ । विगतमा निश्चित समय तोकेर सेवा दिँदै आएको अस्पतालले अब २४ सै घण्टा सेवा दिने भएकाे छ । सबै प्रकारका रोगहरूसँग सम्बन्धित वरिष्ठ चिकित्सक राखेर अस्पताल सञ्चालनमा ल्याइनुका साथै नयाँ उपकरणहरू जडान गर्ने कार्य भइरहेकाे अध्यक्ष  सुब्बा  बताउछन् । समेत सुचारु गरेको छ । 

अस्पतालले २४ घण्टा एमडी विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । त्यस्तै इमरजेन्सीमा बिशेषज्ञ डाक्टर सहितको सेवा सुचारु गर्नका साथै  हाडजोर्नी, नशा तथा प्रसूति लगायतका राेगहरूमा  विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जनाइएको छ । बिरामीहरूलाई इटहरीभित्रै सेवा उपलब्ध गराउने उद्देश्य सहित उपचाकालागि धरान तथा बिराटनगर जान नपराेस भन्दै निजी लगानीबाट स्थापना गरिएको इटहरीको एपेक्स अस्पतालमा अब कुनै प्रकारको झन्झट बेहोर्नु नपर्ने डा. बिष्णु भण्डारी बताउछन् । 

विशेष गरी अाेपिडी सेवालाई बिहान ६ बजे देखि राती सम्म सुचारु गरिएको छ भने गाइनाेलाेजिस्ट सेवा , सर्जन सेवा ,हार्डजाेर्नी सम्बन्धी सबै प्रकारका सेवा प्रदान गरिँदै आएको छ । त्यस्तै याैन तथा स्त्री रोग , बालबालिका सम्बन्धी विशेषज्ञहरू पनि राखेर सेवा प्रदान गरिएको छ । अस्पतालमा ज्येष्ठ नागरिकहरूकालागि छुटको व्यवस्था सहित सुलभ मूल्यमा उपचार गराइने जनाइएको छ । 

निजी क्षेत्रको लगानीबाट सञ्चालित एपेक्स अस्पतालमा कुनै समय चिकित्सक नभेटिएर बिरामीहरू हैरान हुने गरेकाेमा  अब त्यो अवस्था हट्नुका साथै  अस्पतालमा २४ सै घण्टा विभिन्न रोगहरूसँग सम्बन्धित एमडी गरेको चिकित्सकहरू भेटिने अस्पतालले जनाएकाे छ । बि.स.२०६७ सालमा स्थापना भएको उक्त अस्पतालमा अहिले २४सई घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पूर्ण रोक सम्बन्धी सेवा,हाड जोर्नी तथा नशा रोग सम्बन्धी २४ घण्टे सेवा ,बाल रोग सम्बन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्बन्धी आकस्मिक तथा परामर्श सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्बन्धी सेवाहरू सञ्चालनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित