इटहरीस्थित बेदान्त हस्पिटलमा 4D भिडियो एक्सरे मेसिनद्वारा गर्भको बच्चाको वृद्धि बिकाश हेर्न सकिने

इटहरी/  इटहरीस्थित बेदान्त हस्पिटलमा गर्भवती महिलाको पेट भित्रको बच्चा अबस्था हेर्न मिल्न सेवा शुरु गरिएको छ। हस्पिटलले बच्चाको अवस्थाबारे (एनोमेली अर्थात अङ्गभङ्गता) भए नभएको आदि हेर्न मिल्ने प्रबिधि ल्याएको हो। १८ देखि २२ हप्तामा 4D भिडियो एक्सरेद्वारा बच्चाको अवस्थाबारे (एनोमेली अर्थात अङ्गभङ्गता) भए नभएको आदि हेर्न मिल्ने सेवा शुरु गरिएको वेदान्त अस्पतालका प्रवन्त्र निर्देशक इन्द्र श्रेष्ठले बताएका छन्।

एनोमेली अर्थात अङ्गभङ्गता १८ देखि २२ हप्ताको बीचमा गरिने अल्ट्रासाउण्डबाट बच्चाको स्वास्थ्य स्थितिको बिस्तृत जानकारी पाईने श्रेष्ठको भनाई छ। १८ देखि २२ हप्ताको गर्भवस्था सम्ममा बच्चाको प्राय सम्पूर्ण अङ्गहरु बनिसक्ने भएकाले कुनै अङ्गको विकास हुन नसकेको जटिल परिस्थिति भएमा यो बेला गरिने अल्ट्रासाउण्डबाट सो कुराको पहिचान गर्न सकिने श्रेष्ठको भनाई छ।

के हो एनोमेली ?

बच्चाको टाउको, पेट र खुट्टाको नापको मद्दतले बच्चाको उमेर पत्ता लगाइन्छ। गर्भ विकास समय सापेक्ष भए नभएको निचोड निकालिन्छ। त्यस्तै बच्चाको टाउको, गिदि, अनुहार, आँखा, ओठ, मुख, मुटु, पेट, मृगौला, छाती र पेट बिचको पर्दा (डायफ्राम) ढाड, हात, खुट्टालगायत बिभिन्न अङ्गको बिस्तृत अध्ययन गरिन्छ। साल र नालको अवस्था तथा बच्चा वरिपरि रहेको पानीको मात्राको पनि अध्ययन गरिन्छ।

बच्चाको कुनै अङ्गमा कुनै समस्या देखिएमा बच्चा गर्भमा राखिराख्न मिल्ने, कुनै औषधि उपचार गर्नुपर्ने वा गर्भपतन गर्नुपर्ने फैसला गरिने अस्पतालका बरिस्ठ रेडियोलोजिस्ट डा.ऋतुराज सुबेडीले बताए। बेदान्त हस्पिटलले २४सै घण्टा डाक्टरद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट C-Arm machine को प्रबिधिबाट भाँचिएको हड्डिलाई सिधा गरेर के वार वा प्लेटिङ्ग गरि अपरेसन गरिनुका साथै सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ।

बेदान्त हस्पिटलले प्रत्येक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएको हुँदा कुनै स्वास्थ्य समस्या भए बेदान्त हस्पिटल इटहरीको सम्पर्क नम्बर ९८११३३७१३२ र फोन नम्बर ०२५-५८७५८४ मा सम्पर्क गर्न सकिने हस्पिटलका प्रवन्ध निर्देशक श्रेष्ठको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित