इटहरीकाे जनता बस्तीमा एपेक्स हस्पिटलको निःशुल्क स्वास्थ्य सेवा

इटहरी । इटहरीको एपेक्स हस्पिटल र ५ नं वडा कार्यालयको संयोजनमा जनता वस्ति क्षेत्रमा एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक सय पचास भन्दा बढी स्थानीयहरू लाभान्वित बनेका छन् । गर्मी मौसम सुरु भएसँगै स्थानीयहरूको स्वास्थ्यमा देखिने समस्याहरूलाई मध्यनजर गर्दै वडा कार्यालयको संयोजन र एपेक्स हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरबाट इटहरी ५ जनता बस्तीबाट एक सय ५० जना भन्दा बढी स्थानीयहरू लाभान्वित बनेको हस्पिटलका फेमिलि फिजिसियन विष्णु भण्डारीले बताए । शिविरमा धेरै जसोलाई सुगरको समस्या देखिएको र उनीहरूलाई निःशुल्क औषधी समेत हस्पिटलबाटै उपलब्ध गराइएको बताए । त्यस्तै महिलाहरूमा पनि ढाड दुख्ने र नसा सँग सम्बन्धित विभिन्न रोगहरूको चेकजाँच गरी उपयुक्त परामर्श साथै निःशुल्क औषधी प्रदान गरिएको हस्पिटलकी स्त्री रोग विशेषज्ञ डा.प्रेक्षा सुब्बाले बताइन ।

प्रतिक्रिया

सम्बन्धित