अभिभावकसङ हिमाल पब्लिकको वार्षिक समीक्षा : नयाँ शैक्षिक सत्र देखि स्मार्ट कक्षा हुँदै यी हुन विशेष योजना

इटहरी । सुनसरीको रामधुनी नगरपालिका ३ कान्छिचाैकस्थित हिमाल पब्लिक स्कुलले वर्षको अन्तिममा अभिभावकहरू सँग अध्ययन , अध्यापन बारे वार्षिक समीक्षा गरेको छ । स्कुलको सभाहलमा भेला भएका अभिभावकहरूले आगामी शैक्षिक सत्र २०८०कालागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने बताए । अभिभावकहरूले आफ्नो बालबच्चाको अध्ययन र अध्यापन बारे स्कुलको खुलेरै प्रशंसा गरे ।

घरमा जसरी बालबच्चाको स्याहार सुसार र रेखदेख हुनुपर्ने स्कुलमा पनि त्यस्तै पाएकाे र बच्चाहरूको शैक्षिक गतिविधिहरू पनि पहिलेको तुलनामा निकै सुधार देखिएको प्रति खुसी व्यक्त गरे । अभिभावकहरूले स्कुल भित्र बालबच्चाहरूलाई जंक फुड नियन्त्रण गरिनुपर्ने , अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान दिनुपर्ने , खेल मैदान मर्मत तथा सुधार गरिनुपर्ने , सबै शिक्षकहरूले आ आफ्नो विषयबारे योजना बनाएर बालबालिकाहरूलाई पढाउनुपर्ने जस्ता विषयहरू उठाएका थिए । अभिभावकहरूको गुनासोलाई मध्यनजर गर्दै स्कुलका संस्थापक प्रिन्सिपल सराेज कुमार माझीले जति सक्दो चाँडाे सबै समस्याको हल गरिने प्रतिबद्धता जाहेर गरे ।

पछिल्लाे समय मुलुक आर्थिक मन्दीको कारण समस्यामा परेको कारण आफ्नो विद्यालय पनि त्यस्तै समस्यामा पसेकोले भौतिक संरचना निर्माण तर्फ तत्काल केही नसोचेको स्पष्ट बनाए । विद्यार्थीहरूलाई गुणस्तर शिक्षामा कुनै समझाैता नगरी सेवा प्रदान गर्दै आयकोमा आफू विश्वस्त रहेको उनले बताए । त्यस्तै आगामी शैक्षिक सत्र २०८० कालागि बहु उपयोगी योजनाहरू अघि सारिएको उनले बताए । जसमा स्मार्ट कक्षा कोठा देखि खेल मैदान निर्माण , कम्प्युटर ल्याव , साइन्स ल्याब , म्याथ ल्याब , लाइब्रेरी , सबै कक्षा कोठाहरूमा प्रोजेक्टर प्रविधिबाट अध्यापन जस्ता योजना रहेको प्रिन्सिपल माझिले बताए ।

प्रतिक्रिया

सम्बन्धित