दक्ष जनशक्ती उत्पादनमा विशिष्ट पहिचान बनाउदै न्युरो हेल्थ कलेज

बिराटनगर / न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल द्धारा सन्चालित न्युरो हेल्थ कलेजमा आज एक भव्य कार्यक्रमको आयोजना गरी विधार्थीहरुको स्वागत तथा बिदाई कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कमार विष्ट , कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. रविन राज सिंह, न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई लगायत कलेजका शिक्षक, शिक्षिकाले बिधार्थीहरुसँग बधाई तथा शुभकामना साटासाट गरेका थिए ।

सिटिइभिटी अन्तगर्त स्टाफ नर्स तथा हेल्थ असिस्टेन्ट पढाई हुदै आएको न्युरो हेल्थ कलेज प्राविधिक शिक्षा तर्फ काेशी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउने कलेजको रुपमा परिचित रहेको अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराइले बताए । सोही अवसरमा सिटिइभिटी अन्र्तगत शैक्षिक सत्र २०७५र२०७६ मा सम्पुणर् नर्सिगं कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कलेजका विधार्थी सुश्री युनिशा ओझालाई विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै न्युरो अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कमार विष्टले दुई दशक भन्दा समय देखि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दे आएको न्युरो अस्पतालले आफनो भगिनी संस्था न्युरो हेल्थ कलेज त्यसैगरि लर्ड बुद्ध कलेजको माध्यमबाट दक्ष जनशक्ती उत्पादनमा विशिष्ट पहिचान बनाउदै गएकोमा खशी व्यक्त गरे । व्यक्त कार्यक्रममा विधार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित