सामसुङले इटहरी डिलर मीटमा नयाँ ग्यालेक्सी A34 5G र Galaxy A54 5G लन्च

सामसङ्गले नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई बजारमा उपलब्ध गराएको छ । लोकप्रिय ए -सिरिजका २ वटा नवीनतम फोनहरु अद्भूत क्यामराहरु र विशेषताहरुको लागि परिचित छन्, जसले प्रयोगकर्ताहरुलाई तिनको अद्भूत पर्फरमेन्स र उपयोगीताका साथ अचम्भित तुल्याउने गरी बनाइएको छ । उत्कृष्ट बनावट र अनुभूति एवं टिकाऊपनाको लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिलाई धेरै समय सम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाई बनाइदिएको छ ।
A-Series मा थपिएका दुई नयाँ स्मार्ट फोनहरु, Galaxy A34 5G छन् र Galaxy A54 5G छन् हालै नेपाल अधिराज्य भरी रिलिज भएका छन्। क्षेत्रीय वितरक र डिलरहरूको उपस्थितिमा वरन्डा होटेलमा, द्दघ मार्चमा भएको डिलर मीटमा यी स्मार्टफोनहरु इटहरीमा लन्च गरिएको थियो । त्यहाँ उपस्थित दर्शकहरूको अनुभव र प्रतिव्रिmयाहरू अत्यधिक सकारात्मक थिए ।

ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङ्गसंग मल्निे मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ । ग्यालेक्सी ए -सिरिजमै पहिलो पटक ए५४ ५जिमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ ५जि ३ रङ्गहरु कालो, हरयिो र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जि पनि कालो, हरयिो र सिल्भर गरी ३ रङ्गहरुमा उपलब्ध छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसको लागि यसले आइपि६७ रेटिङ्ग पाएको छ । यसका साथै अझै बलयिो बनाउनकालागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलहरुका डिस्प्ले कर्निङ्ग गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिंदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न । ग्यालेक्सी ए५४ ५जिको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ ।

ग्यालेक्सी ए५४ ५जि ५० एमपि ओआइएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भनें ए३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ । ब्लर-लेस नाइट फोटो/भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुना व्यापक ओआइएससंग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुना सम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो/भिडियो खिच्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले अब कम प्रकाशको सेटिङ्गमा समेत छिटो फोकस गर्न सक्ने ॅ१००% अल पिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यून प्रकाश सट लिन सक्नेछन् । ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जि दुवै अटो फ्रेमिङ्गका साथ उपलब्ध छन्, जसले भिडियो रेकर्डिङ्गको दौरानमा हरेक पटक स्थिर र ५ जनासम्मलाई एकसाथ जूम गर्न र दृश्यको कोण स्वतः समायोजन गरिदिन्छ । दुवै मोडलहरुमा ५ एमपिको माइक्रो लेन्स पनि जडान गरिएका छन् । फ्ल्याग्शिप सिरिजहरुमा अति नै मनपराइएको नाइटोग्राफि विशेषता ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जिमा समावेश गरेर अझ बढी पहुँचयोग्य बनाइएको छ । यसले प्रयोगकर्ताहरुलाई कम प्रकाशमा पनि तेजिलो फोटो तथा भिडियोहरु खिच्न सजिलो बनाइदिन्छ । फोनहरुमा अटो नाइट मोड पनि छ, जसले न्यून प्रकाशको अवस्थालाई स्वचालित रुपमा समायोजित गरिदिन्छ, यसले गर्दा प्रयोगकर्ताले म्यनुअल्ली क्यामराको मोड बदल्ने कार्य गर्नु पर्दैन ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रद अनुभव बढाउने गरी गरिएको छ ।

दुवै डिभाइसहरुको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यून गरिएका प्रवणित धारहरुका साथमा जीवन्त रङ्गहरुको विशेषता रहेका छन् । १२० हर्जको रिफ्रेस दर भएका दुवै उपकरणहरुमा तीव्र गतिको चालमा पनि एक एक दृश्य परिवर्तनहरुलाई अविश्वसनीय रुपमा सहजता प्रदान गर्दछ । यसका अतिरिक्त समायोजित रिफ्रेस दरले ब्याट्रीको प्रभावकारिता अधिकतम गरिदिन्छ, जब कि भिजन बूस्टरले चहकिलो घामको प्रकाशमा पनि दृश्यावलोकन वृद्धि गरिदिन्छ । प्रयोगकर्ताको आँखाको संरक्षणका लागि क्वीक प्यानलमा आइ कम्फर्ट सील्ड पनि राखिएको छ ।

ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको ध्वनि क्षमतामा समेत सुधार गरिएको छ, जसको लागि यसमा सुधारिएको ठूलो आवाज, गहन बेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पीकरहरु राखिएका छन् । यसले गर्दा श्रवणको अनुभव एक उत्कृष्ट ढँगको हुनेछ । ५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जि २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जिमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तारयोग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमता झनै बढेको छ । दुवै डिभाइसहरुमा एउटा अतिरिक्त माइक्रो एस डि कार्डसहित १ टिबिसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।

ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिले सामसङ्गको डिफेन्स ग्रेड सुरक्षा प्लेटफर्म नक्सका साथमा सुरक्षाको सुनिश्चित्ता दिन्छ, जसले तपाईंको व्यक्तिगत डाटालाई सोही समयमा सुरक्षा दिन्छ । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिहरुको ग्यारेन्टी पनि दिइएको छ, यसले यी मोबाइलहरु अव्द्यावधिक भइरहने र सुरक्षित रहने सुनिश्चित्ता प्रदान गर्दछ ।

पछल्लिो ए-सरिजि लन्चकोमा, सामसङले पहलिो पटक २५६ जीबी मेमोरी भेरयिन्ट लाई रु६०,००० प्राइसमा प्रस्तुत गर्दैछ, जसले कफिायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतबिद्धतालाई सङ्केत गर्दछ।द्युवै ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जि २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जिको ८ जिबि र्‍याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोलाई रु ५६, ९९९ रुपैयाँ पर्छ भनें ८ जिबि र्‍याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मुल्य रु ५९,९९९ रुपैयाँ तोकिएको छ । यस्तै ए३४ ५जिको ८ जिबि र्‍याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोको मुल्य रु ४५,९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडि कार्डको प्रयोगमार्फत् १ टिबिसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।

प्रतिक्रिया

सम्बन्धित