इटहरीकाे वेदान्त हस्पिटलमा बरीष्ठ स्त्री राेग विषेशज्ञ डा.सबिना लामीछानेकाे सेवा सुरु

इटहरी / इटहरीमा लामो समय देखी नै बिभिन्न अस्पतालमा आबद्ध रहेर स्त्री तथा महिलारोग उपचार गर्दै आउनु भएको दक्ष ,अनुभवी ,एवं तलिम प्राप्त बरिस्ठ महिला रोग विशेषज्ञ डा.सबिना लामिछानेकाे सेवा अब वेदान्त हस्पिटल प्रा लि इटहरीमा सुरु भएको छ ।

इटहरीका महिलाहरुको पाठेघर कुनै समस्या भए धरान वा बिराटनगर जानू नपर्ने भएकाे छ । वेदान्त अस्पताल इटहरीमा अप्रेसन हुने प्रबन्धक निर्देशक ईन्द्र श्रेष्ठले बताए ।

गर्भवती महिलाको जाच गर्नको साथै धेरै युवती तथा महिलाहरूमा देखिने समस्यामा सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने,बारम्बार पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने , त्यसका अलावा तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउखटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा वा काछमा गन्थ्रिहरू सुन्निने दैनिक सेवा समेत वेदान्त अस्पतालमा छ ।

२४ सै घन्टा डाक्टर दृारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे,4D मेसिनद्वरा भिडियो एक्सरे , फार्मेसी , ल्याब, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ बाट C-Arm machine को प्रबिधिबाट भाच्चिएकाे हड्डीलाई सिधा गरि के वार वा प्लेटिङ्ग गरि अप्रेसन गरिन्छ ।

साथै सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ । प्रत्येक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य सेवा सम्बन्धी थप जानकारीकाे लागि वेदान्त हस्पिटल प्रा.लि मा 9811337132 , 025587584 सम्पर्क गरेर जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित