इटहरी तथा धरानमा “वाई-फाई नेपाल’ को सेवा

इटहरी / इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल’ ले इटहरी र धरानमा आफ्नो सेवा विस्तार गरेको छ । काठमाण्डौ र पोखरामा सुरुवात भई सञ्चालनमा रहेको वाई-फाई नेपालले आफ्नो सेवालाई थप क्षेत्रहरुमा विस्तार गर्ने योजना अनुसार कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरी र धरानमा सेवा बिस्तार गरेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै वाई-फाई नेपालले बिशेष अफरका साथ इन्टरनेटका प्याकेजहरू ल्याएको जनाएको छ । छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपालीहरुलाई एक आपसमा जोड्नका लागि मद्दत गर्न वाई-फाई नेपाल प्रतिबद्धप्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले बताए ।

कम्पनीले अहिले ५० एम. बि. पि. एस. स्पीडको इन्टरनेट ३ हजार ३३ रुपैया प्रति महिना तथा ८० एम. बि. पि. एस. स्पीडको इन्टरनेट ५ सय प्रति महिनामा शुल्क तिरी सेवा लिन सकिने जनाएको छ ।

इटहरी र धरानपछी कम्पनीले यसै महिनादेखी बिराटनगर, दमक र बिर्तामोडमा सेवा बिस्तार गर्ने योजना रहेको कार्यकारी अधिकृत पञ्जियारले बताए । काठमाण्डौमा गत माघमा र पोखरामा असार महिनादेखी सेवा सुरु गरेको वाईफाई नेपालको ग्राहक संख्या ४ हजार १० रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित