अब्बल बन्दै पुर्वी मोरङको मकालु मोरङ बोडिङ स्कुल

इटहरी / पुर्वी मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ जदाहमा रहेको मकालु मोरङ बोडिङ स्कुल पछिल्लो समय बालबालिकालाई शैक्षिक जग बसाल्न गुणस्तरीय स्कुल बनेको छ । मकालु मोरङ बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि विश्वसनीय रहेको प्रिन्सिपल सबिन खरेलको दावि छ । हास्दै, खेल्दै बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक गतिविधिमा लगाए पढ्न लेख्नमा रुची बढ्छ । सोहि पद्दति अनुसार बालबालिकालाई केयर गर्ने प्रिन्सिपल खरेलको भनाई छ ।

मकालु मोरङ बोडिङ स्कुलले १४ औ अभिभाबक दिवस मनाएको छ । मंगलबार एक कार्यक्रम गरि अभिभाबक दिवस मनाएको हो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । अभिभाबक दिवसमा बालबालिकाहरुले आफ्नो कला प्रस्तुत गर्दा अभिभाबकहरु मख्ख थिए । आफ्नो छोराछोरीको प्रस्तुतीले अभिभावकहरु दंग देखिन्थे । पढाई सँगै नृत्य तथा खेलकुद क्षेत्रमा समेत ध्यान दिदै पढाएको विद्यालयका संन्चालक समितिका अध्यक्ष अर्जुन राईले बताए । विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अन्य ब्यवहारिक गतिविधिमा समेत ध्यान दिन थालेको बताए ।

हामीले विद्यार्थीहरुको भविष्य सँग चिन्तित हुदै असल शिक्षा दिने प्रत्यन्न गरिरहेका छौ अध्यक्ष राईले भने । हामि निरन्तर गुणस्तरीय शिक्षामा ध्यान दिन्छौ । कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सन केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठ थिए । कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु तथा सामाजिक ब्यक्त्तीहरुको उपस्थित रहेको थियो पढाइसँगै अतिरिक्त गतिविधि अर्को विशेषता हो मकालु मोरङ बोडिङको । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी सहक्रियाकलाप, अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक क्षमता अभिवृद्धि कार्यक्रम, नृत्य आदिमा पनि ध्यान दिने गरेको लेखापाल मन्जु गौलीले बताईन ।

प्रतिक्रिया

सम्बन्धित