एभरेष्टले पथरी शनिश्चरेलाई शिक्षाको हवका बनाएको छ : नगर प्रमुख

पथरी / एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपाली सेनाका इन्जिनियर उपसेनानी बिबेक कोइराला र असल अभिभावकको रुपमा कृष्णप्रसाद उप्रेती, पत्नि मेनुकादेवी उप्रेतीलाई सम्मान गरिएको थियो । गरेका बिबेक कोइरालाले २०६६ सालमा एभरेष्ट स्कुलबाट ९० प्रतिशत अंक ल्याई एसएलसी उतिर्ण गरेका थिए । त्यस्तै असल अभिभावकको रुपमा कृष्णप्रसाद उप्रेती, पत्नि मेनुकादेवी उप्रेतीलाईद सम्मान गरिएको थियो । उप्रेतीका ३ सन्तान डा. स्वयम उप्रेती, डा. अञ्जु उप्रेती (मेडिकल डाक्टर), र डा. सन्जु उप्रेतीले विद्याबरिधी गरि सकेका छन ।

३७ औं वार्षिकोत्सवको अवसरमा राई, लिम्बू, थारु, मगर लगायतको सांस्कृतिक नृत्य, गायन, नाटक प्रस्तुत गरिएको थियो । विद्यार्थीद्धारा नेपाली बहु भाषा र सस्कृती झल्कने ¥याम्प शो प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्धधाटन गर्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले एभरेष्ट स्कुलले पथरी शनिश्चरे नगरपालिकालाई शिक्षाको हवका रुपमा चिनाउन मद्दत गरेको बताउनु भएको छ । संस्थागत विद्यालयहरु मध्ये जेठो शैक्षिक संस्था रहेको बताउदै यहाँ ध्यानरत विद्यार्थीहरुले परीक्षामा उच्च अंक ल्याई पथरी शनिश्चरेको नाम विश्व सामु चिनाएको बताए । प्रमुख तुम्बापोले एभरेष्ट स्कुललाई प्रदेश १ कै नमुना विद्यालय वनाउन अगिबढ्नु पर्ने सुझाव दिनु भएको छ ।

विद्यालयका प्रिन्सिपाल रविन कन्दङ्वाले विद्यार्थीको चाहाना र उदेश्य अनुसार शिक्षण शिकाईमा लागि परेको बताउनु भयो । फरक विद्यार्थीमा फरक फरक प्रतिभा हुने भएकाले पढाइको अलवा खेलकुद गित संगित र कलाक्षेत्रमा विद्यालय रहेको कारण अभिभावकको विश्वास जित्न सफल भएको प्रिन्सिपाल कन्दङ्वाले बताए ।

२०६६ सालको एसएलसीमा ९० प्रतिशत अंक ल्याएका बिबेक कोइराला, ६९ सालमा बोर्ड पाँचौ सलिना राई, आश्मा पोख्रेल र दिक्षा न्यौपाने, र एस ई ई मा आदर्श न्यौपाने, समिता रिजालले ४ जीपीए ल्याएर एभरेष्ट बोर्डिङ पथरी शनिश्चरेको मात्रै नभएर नेपालकै एक अब्बल शैक्षिक संस्थ हो भनेर सावित गरिदिएका छन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको कार्यक्रम शिक्षक वेदनिधि खनालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा बिभाग प्रमुख शालिग्राम काफ्ले, अधिकृत नवीन खुलालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित