सिद्धार्थ स्कुलमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले विद्यालयकाे २८ अाै अभिभावक दिवसकाे अवसर पारेर शुक्रबार वृहत नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेकाे छ । उत्त शिविरमा विद्यार्थी ,अभिभावक तथा स्थानीयवासी लगायत करिव १५ सयले चेकजाँच गरि सेवासुविधा लिन सफल भएको विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले बताए । शिविरमा जेनेरल मेडिसिन, महिला रोग, हाडजोर्नी तथा नशा रोग साथै नाक, कान, घाँटी, छाला र यौन रोग ,बाल रोग ,आँखा रोग,शल्यक्रिया (सर्जन), दन्त रोग,भिडियो एक्स-रे
,ई.सि.जी. (मुटु जाँच),ल्याब(रगत जाँच) सञ्चालन गरिएकाे थियाे ।

सांसद डा. सुनिल शर्माकाे निर्देशन तथा नाेवेल हस्पिटल विराटनगरकाे प्राविधिक सहयाेगमा शिविर सञ्चालन भएको थियाे । स्वास्थ्य शिविरकाे कार्यक्रमसँगै विद्यालयले साे अवसरमा वक्तित्वकला तथा उत्कृष्ट विद्यार्थीलाइ वार्षिक पुरस्कार वितरण समेत गरेकाे छ । उत्त वक्तित्वकला कार्यक्रममा निर्णायककाे रूपमा शिक्षासेवी प्रेमप्रसाद भट्टराई तथा गुरुप्रसाद अधिकारी रहेका थिए । तेसै गरि सिद्वार्थ स्कुलकाे आयाेजनामा विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियाे । उत्त रक्तदान कार्यक्रममा ६५ जानाले रक्तदान गरेकाे विद्यालयका सहायक प्रिन्सिपल जेवि थुलुङले उल्लेख गरे ।

हाल सिद्वार्थमा १ हजार २ सय भन्दा बढी विद्यार्थीहरू सुविधा सम्पन्न भवनमा अध्ययनरत रहेका छन् । डिजिटल माध्यमबाट पढाइ शुरू गरेकाे सिद्वार्थमा विगत केही बर्ष देखि +२ काे पढाइ समेत सञ्चालन हुँदै आएकाे छ । आइएसअाे प्रमाणपत्रबाट मान्यताप्राप्त यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले विद्यार्थी तथा अभिभावककाे पहिलो राेजाइ बन्न सफल भएको विद्यालयका प्रिन्सिपल वस्नेतले उल्लेख गरे ।

सिद्वार्थ स्कुलले समाजप्रतिकाे उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरूकाे चाैतर्फी विकासका लागि फागुन ११ देखि १४ गते सम्म स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विविध कार्यक्रम गरि २८ अाै अभिभावक दिवस मनाइरहेकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम ढुङ्गानाले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित