सिद्धार्थ स्कुलकाे अभिभावक दिवसमा शैक्षिक एवम् स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम हुने

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले विद्यालयकाे २८ अाै अभिभावक दिवसकाे अवसर पारेर शैक्षिक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विविध गतिविधिका महत्त्वपूर्ण कार्यक्रम गर्ने भएको छ ।

सिद्वार्थ स्कुलकाे आयाेजनामा खुल्ला रक्तदान , बृहत नि: शुल्क स्वास्थ्य शिविर तथा बार्षिक पुरस्कार वितरण लगायत विभिन्न कार्यक्रम फागुन ११ देखि १४ गते सम्म सञ्चालन गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले जानकारी दिए । “शैक्षिक गतिविधिका साथै अभिभावक दिवसकाे अवसर पारेर स्वास्थ्य शिक्षा सम्बन्धित विविध कुरामा समाजका अभिभावकलाई सकेको साथ सहयाेग पु-याउँछाैं” बस्नेतले भने “विद्यार्थीहरूकाे उज्जल भविष्यलाई ख्यालमा राखेर अतिरिक्त क्रियाकलाप लगायत अन्य कार्यक्रमलाई पनि जाेड दिएका छाै” ।

विद्यालयले नाेवेल हस्पिटलकाे सहकार्यमा सञ्चालन गर्न लागेको स्वास्थ्य शिविरका सेवाहरूमा जेनेरल मेडिसिन, महिला रोग, हाडजोर्नी तथा नशा रोग साथै नाक, कान, घाँटी, छाला र यौन रोग ,बाल रोग ,आँखा रोग,शल्यक्रिया (सर्जन), दन्त रोग,भिडियो एक्स-रे ,ई.सि.जी. (मुटु जाँच),ल्याब(रगत जाँच) रहेको उल्लेख गरिएको छ ।

विद्यालयकाे अभिभावक दिवसमा वार्षिक पुरस्कार वितरण नृत्य ,गायन ,पेन्टिङ ,फेसन साे , वक्तव्य कला लगायतका विविध कार्यक्रम समेत समेटिने बताइएको छ । हाल सिद्वार्थमा १ हजार २ सय भन्दा बढी विद्यार्थीहरू सुविधा सम्पन्न भवनमा अध्ययनरत रहेका छन् । डिजिटल माध्यमबाट पढाइ शुरू गरेकाे सिद्वार्थमा विगत केही बर्ष देखि +२ काे पढाइ समेत सञ्चालन हुँदै आएकाे छ । आइएसअाे प्रमाणपत्रबाट मान्यताप्राप्त यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले विद्यार्थी तथा अभिभावककाे पहिलो राेजाइ बन्न सफल भएको प्रिन्सिपल वस्नेतले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित