श्रि न्यू प्यागोडाको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवश

पथरी / मोरङको पथरी शनिश्चरे १ मा रहेको श्रि न्यू प्यागोडा बोडिङ स्कुलले विविध कार्यक्रमका साथ ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ । सो अवसरमा विद्यालयले समाजमा योग्दान पुर्याएका २ पुर्व विद्यार्थीलाई सम्मान गरेको छ ।

सम्मानीत हुनेमा नरेन्द्र घिसिङ र बालब्यास पण्डित युगल किशोर अधिकारी रहेका छन । सुनाखरी माविका प्रअ घिसिङ २०५७ सालमा न्यू प्यागोडा बोडिङबाट एस एल सि पास गरेका विद्याथी हुन भने बालब्यास पण्डित युगल किशोर अधिकारी २०७८ सालका एस एल सिमा उत्कृष्ट जिपिए ल्याउने विद्याथी हुन ।

पथरी शनिश्चरे नगर क्षेत्रमा शिक्षाको ज्योत्ति छर्दै ३१ औं बसन्त पार गरेको विद्यालयले शैक्षीक शत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्याथीहरुलाई पुरस्कार र छात्रवृत्ती प्रदान गरेको छ । र्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख मोहन तुम्बापोले नगरलाई शिक्षा र रोजगारीको क्षेत्रमा निजी विद्यालयले ठुलो योग्दान पुर्याएको बताउनु भयो । श्रि न्यू प्यागोडा बोडिङ स्कुल नगरको पुरानो शैक्षिक संस्था रहेको र विभिन्न गतिविधीमा अन्य निजी विद्यालय सो सरह अग्रणी स्थानमा हासिल गर्दै आएको उहाँले बताउनु भयो ।

विद्यालयले उत्कृष्ट शिशिका रेगि गुरुङ र मेनुका सुबेदी साथै उत्कृष्ट योग्दान पुर्याउने ७ अभिभावकलाई समेत सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीद्धारा नित्य, गायन तथा नाटकद्धारा मनोरञ्जन प्रदान गरिएको थियो । प्रिन्सिपल दुर्गा दंगालको सभपतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी पथरी शनिश्चरे नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल विध्यालय संचालक टीका दंगाल लगायतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित