हात्तीपाइलेमा नेपाल सरकार असफल, पथरी शनिश्चरेमा फागुन ११ देखि अभियान सुरु

पथरी / नेपालले सन् २०२० सम्ममा नै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य लिएतापनि हालसम्म हात्तीपाइले रोग उन्मूलन हुन सकेको छैन । नेपालले सन् २००३ देखि हात्तीपाइले रोग निर्मूल पार्न र यस सम्बन्धी जनचेतना जगाउन अभियान सुरु गरेको हो ।

नेपालले तोकिएको समयमा रोग उन्मूलन गर्न नसके पछि सन् २०३० लाई रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकासको लक्ष्य अनुसार नेपालमा हात्तीपाइले निवारण अभियान सन् २००१, २००५, २०१२ र २०२० मा भएको थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग ६३ जिल्लामा व्यापक रहेको देखाएको थियो ।

यस वर्ष सरकारले लिएको लक्ष्य अनुसार प्रदेश नं १ को झापा र मोरङमा यो अभियान सञ्चालन हुदैछ । यि जिल्लामा तीनथरी औषधि आइभरमेक्टिन, डी.इ.सी. र अल्बेन्डाजोल खुवाईने भएको छ । औषधि सेवन अभियान संचालनमा रहेका १० जिल्ला मध्ये मोरङ, झापा, कपिलबस्तु, दाङ, बाके, कैलाली गरि ६ जिल्लामा तीन थरी औषधि वितरण गर्ने भएको हो ।

यसैबीच पथरी शनिश्चरे नगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष अनुसार फागुन ११ गते देखि औषधि वितरण गर्ने भएको छ । नगरले घरै पिच्छे हात्तीपाइले विरूद्ध औषधि खुवाउन कर्मचारी खटाउने भएको हो । नगरले हात्तीपाइले रोग विरूद्धको आमऔषधी सेवन “आफु खाउ र छिमेकीलाई खुवाउँ” अभियान अन्तरग नगरका १० वटै वडाहरुमा अभियान संचालन गर्ने बताएको छ । २०७४ सालमा उत्कृष्ट अभियान संचालन गर्दै पथरी शनिश्चरे नगरपालीका मोरङ प्रथम भएको थियो । उत्कृष्ट अभियान संचालन गर्दै नगद १ लाख पाएको नगरले छिमेकी जिल्लाका कारण पुर्न औषीधी सेवन अभियान संचालन गर्नु परेको पथरी शनिश्चरे नगर स्वास्थ संयोजक मुरारी आचार्यले ।

कुनै लक्षण नदेखिए पनि शरीरमा हात्तीपाईल रोगको परजीवि हुन सक्ने भन्दै नगरले औषधी सेवन गर्न नगरवासीमा अनुरोध गरेको छ । रोग लागेपछि पूर्ण रुपमा निको नहुन भएकाले आम नागरिकलाई औषधी सेवन गर्न नगर प्रमुख मोहन तुम्बापोले अनुरोध गर्नु भएको छ । समयमै औषधी खाएमा शरीरमा हात्तीपाईलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधी सेवन गरी हात्तीपाईले रोग निवारण अभियान सफल हुने प्रमुख प्रसासकिय अधिकृत लक्ष्मिी प्रसाद खरेलले बताउनु भयो ।

६३ जिल्लामा हात्तीपाइले रोग भए पनि ४८ जिल्लामा समुदाय स्तरमा सङ्क्रमण पाइएको थिएन । समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, तनहुँ, गोरखा लगायतका जिल्ला थिए । २०२० मा रोग उन्मूलन गर्ने लक्ष फेल भए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुर्न अभियान सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित