इटहरी स्थित बेदान्त अस्पतालमा दैनिक सर्जरी सम्बन्धि सेवा प्राप्त गर्न सकिने

इटहरी / इटहरी स्थित बेदान्त अस्पतालमा दैनिक सर्जरी सम्बन्धि गुणस्तरिय सेवा प्राप्त गर्न सकिने जनाइएकाे छ । अस्पतालमा दैनिक रूपमा धरान तथा बिराटनगरको भन्दा बिशेष छुटमा सर्जरी सेवा शुरु गरेको प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले बताएका छन् । प्रदेश नम्बर १ मा लामो समयदेखि बिभिन्न अस्पतालमा आबद्ध रही सर्जरी सेवा प्रदान गर्दै आउनु भएका अनुभवी, दक्ष तथा तालिम प्राप्त सर्जन डा.लवेन्द्र नारायण साहको सेवा दैनिक रुपमा बेदान्त हस्पिटलमा प्राप्त गर्न सकिने श्रेष्ठले बताए । श्रेष्ठले बरिष्ठ सर्जनद्वारा पेट सम्वन्धी सम्पूर्ण सेवा अस्पतालमा पाइने बताउनुभएको छ।

यस्तै अस्पतालमा दैनिक रुपमा पित्तथैलीको पत्थरी, एपेन्डिक्स, हाईड्रोसिल, हर्निया, पायल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृणौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको शरीरका कुनैपनि ठाउँमा मुसा, खिलर जस्ता समस्याको उपचार पाइने श्रेष्ठ बताउछन्। दैनिक रुपमा हाडजोर्नी र जेनेरल सर्जरीको अप्रेसन समेत गरिने भएकाले सहज रुपमा सेवा लिन सकिुका साथै एमबिबिएस डाक्टरद्वारा २४सै घन्टा इमर्जेन्सी सेवा प्राप्त गर्न सकिने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित