इटहरीमा द व्यायामशाला वेलनेसकाे शुभारम्भ

इटहरी । इटहरीमा द व्यायामशाला वेलनेसकाे शुभारम्भ भएको छ । विगत चार वर्ष देखि इटहरीमा सुविधा सम्पन्न द व्यायामशाला सञ्चालन गर्दै आइरहेकी ममता प्रसाईँले सेवा विस्तार गर्दै वेलनेसकाे शुभारम्भ गरेको सञ्चालिका ममता प्रसाईँले बताइन् । वेलनेसमा सोना, स्ट्रीम ,स्पा ,मसाज थेरापी लगायतको सेवा लिन सकिने बत्ताइएको छ ।  वेलनेशको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । करिब एक करोड माथि लगानी रहेको उक्त  वेलनेसमा ७० जनाले एकैपल्ट सेवा सुबिधा लिन सकिने जनाइएको छ । 

द व्यायामशाला वेलनेशको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले शारीरिक तथा मानसिक रूपमा स्वास्थय मानिसले समाजको सबल र सक्षम नेतृत्व गर्न सक्छन् भन्दै  आफूले यो सेन्टरले मानिसलाई स्वास्थ्य राख्न मद्दत गर्ने विश्वास लिएको समेत बताए । द व्यायामशालाले पूर्वी नेपालका मानिसहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ । उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल लगायतहरूकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित