इटहरीस्थित पाथीभरा माध्यामिक बिद्यालयमा मनाइयाे सरस्वतीको पूजा (तस्विरहरू)

इटहरी / प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजाकाे अवसरमा इटहरी ४ स्थित पाथीभरा माध्यामिक बिद्यालयमा बिविध कार्यक्रमका साथ सरस्वती पूजा सम्पन्न गरेकाे छ । विद्यालयले देवी सरस्वतीको पूजा अर्चना एवं मूर्ति प्राण प्रतिष्ठा गरी सरस्वती पुजा मनाएको हो । बिद्यार्थी तथा अबिभावक बोलाएर पुजाआजाका साथ सरस्वती पुजा गरेको हो । बिद्यालयमा बिद्यार्थीले शिक्षा आर्जन गर्न सफलता मिलोस भन्दै पुजा पाठ गरेको बिद्यालयले जनाएको छ ।

त्यसैगरी सरस्वती पुजा अवसरमा नयाँ विद्यार्थी भर्ना गरी अक्षरआरम्भ गराइएको विद्यालयका प्रधानाध्यापक गाेपाल श्रेष्ठले जानकारी दिए । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने प्रचलन छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ। श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ। तस्विरहरू


प्रतिक्रिया

सम्बन्धित