प्याब्सन स्पोर्टस मिटको उपाधी पूर्वाञ्चल ऐकेडेमी तथा कोशी मोडललाई

सुन्दरहरैँचा/ १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधी सुन्दरहरैँचा नगरपालिका ६ मा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हाे ।पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७५ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको प्याब्सन सुन्दरहरैँचाका नगर अध्यक्ष तथा विजेता विद्यालयका प्रिन्सिपल दिपेन्द्र राईले जानकारी दिनुभयाे। तेसै गरि कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको छ ।

प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्धितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४ अंक ल्याएर सुन्दरहरैँचा नगरपालिकामा रहेको सिद्धार्थ स्कुलले भएको छ । तृतीय ग्रामथान २ मा रहेको जनक मेमोरियलले ५ कास्य, १ रजत पदक सहित १७ अंक ल्याएको छ । चौथो भएको हरैँचा मोडलले स्वर्ण, तीन रजक पदक सहित १४ अंक ल्याएको छ । पाँचौ लेटाङ ग्रिन भ्याली भएको छ । ग्रिन भ्यालीले २ स्वर्ण पदकसहित १३ अंक ल्याएको छ ।

यसैगरी प्सटु तर्फको द्धितीय २८ अंक ल्याएर सिद्धार्थ स्कुल र तृतीय २० अंक ल्याएर सगरमाथा स्कुल भएको छ । चौथो विराटनगरको एभरेष्ट तथा सुन्दरहरैँचाकाे ब्राइट फ्यूचर स्कुल भएको छ । प्याब्सन स्पोर्टस मिटको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सनका केन्द्रीय पूर्व अध्यक्ष हालका प्रमुख सल्लाहकार टिकाराम पुरी , प्रदेश १ अध्यक्ष टिकाराम ढकाल , लगायतले विजेता खेलाडीहरूलाई ट्रफि , मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियाे ।

स्कुल तहदेखि नै खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले हरेक वर्ष खेलकुद महोत्सव आयोजना गर्दै आएको आयाेजक प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बाले जानकारी दिनुभयाे । ३ दिन सम्म सञ्चालन भएको खेलकुद महोत्सवकाे उदघाटन प्रदेश न. का मुख्य मन्त्री हिक्मतकुमार कार्कीले गर्नु भएको थियाे। खेलकुद सप्ताहमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौड लगायत विविध विधाका खेलहरू भएका थिए । मोरङ जिल्ला भरीका १२० वटा प्याब्सन सम्वद्ध विद्यालयहरूले सहभागिता जनाएकाे प्रतियाेगितामा ११ सय भन्दा बढी विद्यार्थी खेलाडीहरूकाे सहभागी भएको प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष अर्जुन वस्नेतले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित