इटहरी हाँसपाेसा स्थित महर्षि स्कुल बन्यो एन्प्याब्सन फुटबल डिफेन्डिङ्ग च्याम्पियन 

इटहरी / एन प्याव्सन इटहरीद्वारा आयोजना गरिएको खेलकुद सप्ताह अन्तर्गत फुटबल तर्फको उपाधि महर्षि स्कुलले हात पार्न सफल भएको छ । अघिल्लो वर्षको फुटबल च्याम्पियन समेत रहेको महर्षि स्कुल इटहरीले यो वर्ष पनि उपाधि रक्षा गर्न सफल भएको हो ।  माघ ५ गते देखि ८ गतेसम्म जनता कलेजको प्राङ्गढ्मा सञ्चालन भएको एन प्याब्सन खेलकुद सप्ताहको फुटबल तर्फ दोस्रो पटक जित निकाल्दै महर्षि स्कुल खेल क्षेत्रमा अब्बल रहेको पुस्टी गरेको छ । 

 विगतका वर्षहरूमा समेत एन्प्याब्सन खेलकुद तर्फ उत्कृष्ट बन्दै आएको महर्षि स्कुलले यो वर्ष पनि फुटबल सहित अन्य विद्यालयहरूमा पनि जित उपाधि जित्न सफल बनेकाे स्कुलका प्रिन्सिपल तथा एन प्याब्सनका कोषाध्यक्ष गोकुल खडकाले बताए ।  कार्यक्रमका प्रमुख अतिथि एक नं प्रदेशका सांसद रेवतीरमण भण्डारीले उपाधि विजेता स्कुललाई पुरस्कार वितरण गरेका थिए ।  इटहरी १ हाँसपाेसामा स्थापित महर्षि स्कुलले बिद्यार्थीहरूलाइ किताबको ज्ञान सँगै व्यवहारिक शिक्षा लगायत अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै सहभागी गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित