राष्ट्रपतिको ट्राउजरबाट पिसाब चुहिएको भिडियो सार्वजनिक भएपछि..

सुडान / दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकारको रिहा गर्न मिडिया अधिकार समूहहरूले आह्वान गरेका छन् । एक कार्यक्रममा राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको एक भिडियो सार्वजनिक भएपछि पक्राउ परेका पत्रकारहरूलाई रिहा गर्न समूहरुले आग्रह गरेका हुन्् । कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए ।
डिसेम्बरमा सामाजिक सञ्जालमा भाइरल भएको फुटेजको बारेमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।युट्युबमा पोष्ट गरिएको भिडियोमा कालो टोपी र खरानी रंगको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा सहभागी किरको बायाँ ट्राउजरको खुट्टामा भिजेको देखिन्छ । उनले कार्यक्रममै पिसाव चुहाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित