बालिका स्कुलको ७४ औ वार्षिक उत्सव,७ लाखको छात्रवृत्ति वितरण

धरान: धरान -१६ मा रहेको श्री शारदा नमुना माध्यमिक विद्यालयको ७४ औ वार्षिक उत्सव सम्पन्न भएको छ । सो वार्षिक उत्सवमा सोही विद्यालयका विद्यार्थीको हकहितका लागि विभिन्न दाताहरूले ३६ लाख कोषमा जम्मा गरिदिएको जसको व्याज ७ लाखको छात्रवृत्ति वितरण गरेको विद्यालयका शिक्षक पदम लुइँटेलले जानकारी दिए।

सो विद्यालयमा महिलाहरूको मात्र अध्यापन गराइन्छ । नगर स्तरीय निबन्धकला प्रतियोगितामा सामूहिक लोक नृत्यमा प्रथम बनेको सो विद्यालय अन्य वक्तृत्वकला प्रतियोगिता तथा सिलाई बुनाईको तालिममा पनि अग्रपङक्तिमा छ । आजको पनि कार्यक्रममा विद्यार्थीहरूले स्वागत गीत रचना गरी गिटार बजाएर विद्यालयको अतिथिहरूलाई सुनाएका थिए। विभिन्न जातिका नृत्य र सन्देश मूलक नाटकहरू समेत देखाइएको थियो ।

७ जना विद्यार्थीबाट पठनपाठन सुरु गरिएको बालिका विद्यालयमा हाल ७ सय १८ विद्यार्थी सँग रहेको विद्यालयको भनाई छ । केही वर्ष अघि धरानको यस छात्राहरूको संङख्या १८ सय पुगेको विद्यालयले जनाए।अध्ययन सँग अन्य सामाजिक गतिविधिका कार्यमा जोड दिएको विद्यालयको भनाई छ । कार्यक्रममा विद्यार्थी राजनीति गर्दै राजनीतिका नवनिर्वाचित प्रदेश नं १ का सांसद विजय कुमार राई रहेका थिए। कार्यक्रममा बोल्दै उनले भने “ महिलाहरूलाई मात्र अध्ययन गराउने प्राविधिक शिक्षामा अगाडि बढेको बालिका स्कुल धरानको मात्र नमुना हैन नेपालकै गौरव हो। योजना लिएर आउन म मेरो क्षेत्रबाट सक्दो सहयोगको प्रयास गर्छु।“

साथै विशिष्ट अतिथिमा समानुपातिक सांसद यशोदा कायस्थ उपमेयर आईन्द्र विक्रम वेघा रहेका थिए। कार्यक्रममा छात्रावासको बनाउन जग्गा प्रदान गर्ने स्वर्गीय फडिन्द्र आचार्यको छोरी अञ्जलि बुहारी सम्झना आचार्यलाई सम्मान गरियो। पूर्व प्र स्वर्गीय प्रतिमा पोखरेल छोरा उज्वज पोखरेललाई पनि सम्मान गरिएको विद्यालयका प्र धर्म नारायण सिंहले बताए।

प्रतिक्रिया

सम्बन्धित