सुकुना क्याम्पस सञ्चालक समितिको अध्यक्षमा अधिकारी

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ मा रहेको सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः केशव अधिकारीकाे अध्यक्षतामा कार्य समिति चयन भएको छ । क्याम्पसकाे १६ औँ परिषद् बैठकबाट १४ जनाको सञ्चालक समिति अन्तर्गत अधिकारी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् । साथै समितिको उपाध्यक्षमा ललित श्रेष्ठ चयन भएका छन् ।

तेसै गरि क्याम्पस सञ्चालक समितिको सदस्यहरूमा नागेश पोखरेल ,सुरेन्द्रबहादुर थापा, नेत्रप्रसाद ढकाल रामप्रसाद गजुरेल , लक्ष्मी फुयाल, तिलकप्रसाद ढकाल, विश्वेश्वर ढकाल, नवराज चापागाईँ, योगराज काफ्ले, कमला राजभण्डारी , हेमचन्द्र घिमिरे तथा मकरानन्द पराजुली सर्वसम्मत चयन भएका छन् । त्यसैगरि ३ सदस्यीय लेखा समितिमा चन्द्रप्रसाद फुयाल , डिल्लीप्रसाद ढकाल तथा मातृकाप्रसाद काफ्ले चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित