शिक्षा निकेतनकाे वार्षिकोत्सव सम्पन्न

सुन्दरहरैँचा/ माेरङकाे सुन्दरहरैँचा नगरपालिका ८ स्थित शिक्षा निकेतन माध्यमिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समाराेह सम्पन्न भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे।उत्त कार्यक्रममा आनन्दप्रसाद रिजाल स्मृति हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय पहिलो भएको थियो । त्यस्तै साजीलाल मावि दोस्रो र श्री मावि मृगौलिया तेस्रो भएका थिए । पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ७ हजार ५ सय, ६ हजार र ४ हजार ५ सय सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले विद्यालयको गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि शिक्षा क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजालकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित