प्याब्सन फुटबलकाे उपाधि जुपिटरलाई

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ७ स्थित निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल नगर कमिटीद्वारा आयाेजित `प्रथम प्याब्सन प्रेसिडेन्ट कप २०७९´फुटबल टुनामेन्टकाे उपाधी जुपिटर इग्लिश स्कुल गछियाले हात पार्न सफल भएको छ । साजिलाल खेल मैदानमा भएको फुटबल फाइनल खेलकाे निर्धारित समयमा नजिता बराबर भए पछि जुपिटर इग्लिस स्कुल गछियाले सडेन डेथमा लभ्ली एन्जल्स इग्लिस बाेडिङ स्कुललाई पराजित गरि उपाधि उचालेकाे थियाे। उत्त फुटबल टुनामेन्टमा प्याब्सन प्रदेश अध्यक्ष टिकाराम ढकाल, प्याब्सन प्रदेश उपाध्यक्ष अर्जुन वस्नेत लगायतले विजेता तथा उपवितेता विद्यालयका खेलाडीलाई ट्रफि मेडल तथा प्रमाणपत्र विवरण गरेका थिए ।

प्याब्सन प्रेसिडेन्ट कपमा वेष्ट गाेल स्पाेकर जुपिटरका अभिषेक चाैधरी , म्यान अफ द म्याच लभ्ली एन्जल्सका विक्रम चाैधरी घाेषित भएर सम्मानित भए । विजेता विद्यालय तथा खेलाडीलाई पुरस्कार वितरण पछि कार्यक्रमका प्रमुख अतिति प्याब्सन प्रदेश अध्यक्ष ढकालले पढाइका साथसाथै अतिरिक्त क्रियाकलापलाई पनि जाेड दिएर विद्यार्थीकाे विविध पक्षकाे विकास गरि अघि बढ्न जरूरी रहेको लगायतका धारणा व्यक्त गरेका थिए।

पुष ३ गते देखि भएको प्रतियाेगितामा नगरका १८ वटा विद्यालयहरूकाे सहभागिता रहेको प्याब्सन नगर अध्यक्ष दिपेन्द्र राईले जानकारी दिए । उनले नगर पछि जिल्लामा ११ देखि १३ गते सम्म प्रतियाेगिता हुने तेसबाट पनि छनाेट भएका विद्यालयका विद्यार्थी खेलाडी प्रदेशकाे लागि खेल्न तयार हुने उल्लेख गरे । उत्त फुटबलकाे फाइनल चरणमा शिक्षासेवी दिपक केसि तथा तिलक राईले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित