बच्चालाई कति र कसरी खुवाउने ?

शिशु जन्मेदेखि ६ महिनासम्म सम्भव भएसम्म आमाको दूध नै खुवाउनुपर्छ । र, यो पर्याप्त हुन्छ । तर, ६ महिना पूरा भएपछि बच्चालाई आमाको दूधसँगसँगै अन्य पोषिलो खानेकुरा पनि खुवाउनुपर्छ । ६ महिनापछि थप खाना खुवाउँदा बच्चाको उमेर, रुचि, मात्रा, सरसफाइ, बाक्लोपना र सक्रियतालगायतका कुरामा पनि ख्याल गर्नुपर्छ ।

उमेरअनुसारको खाना

६ देखि ९ महिनासम्म

आमाको दूधसँगै दिनमा तीनपटक पोषिलो खाना खुवाउने
खाना खुवाउँदा हतार नगर्ने

९ देखि १२ महिनासम्म

आमाको दूध र दिनमा तीनपटक खाना र एकपटक खाजा खुवाउने
खाजामा केरा, अन्डाजस्ता खानेकुरा पनि समावेश गर्ने

१२ देखि २४ महिनासम्म

आमाको दूध र दिनमा तीनपटक खाना र दुईपटक खाजा खुवाउने
खानामा अन्न वा कन्दमुल, गेडागुडी, तेलहन, गाई वा भैँसीको दूध, दुग्धजन्य अन्य पदार्थ, माछा–मासु, अन्डा, हरियो सागपात र फलफूल मिलाएर खुवाउनुपर्छ ।
ठोस पदार्थमा गहुँ, कोदो, मकै, फापरबाट बनेको लिटो खुवाउने
जाउलोमा दाल, पालुंगो, काउली, गाँजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न प्रकारका तरकारी मिसाउने फलफूलमा मिचेको केरा, खरबुजा, मेवा, स्याउ खुवाउने अन्डा, माछा–मासु खुवाउने ।

प्रतिक्रिया

सम्बन्धित