पब्लिक लिमिटेडमा रुपान्तरणकाे अन्तिम तयारी संगै क्लासिक टेकले आइपिओ जारी गर्ने

काठमाडाैं / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आइपिओ जारी गर्ने तयारी रहेकाे छ । कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरूका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने कम्पनिले जनाएकाे छ । पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा रहेकाे छ।

सन् २००९ मा स्थापना भएको क्लासिकटेकले हालसम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट कम्पनीले इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आइरहेकाे छ। नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित