ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा

न्युयोर्क / एलाेन मस्कले मंगलबार ट्वीटरको प्रमुख कार्यकारीको पद छाड्ने घोषणा गरेका  छन् । ‘जागिर लिन पर्याप्त मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु ! त्यसपछि, म सफ्टवेयर र सर्भर टोलीहरू चलाउनेछु’,  मस्कले ट्विटरमा लेखेका छन् ।

यसअघि उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि  नहुँदा ठिक होला भनेर ट्वीटरमा सर्वेक्षण गरेका थिए । सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले मस्कले पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेका थिए । यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन्।


 

प्रतिक्रिया

सम्बन्धित