बच्चामा आमाबाबुले बोर्डिङ पठाए, ४० वर्षपछि बदला लिन छोराले गरे यस्ताे हर्कत

एजेन्सी । बेलायतमा एकजनाले आफ्ना आमाबुवामाथि घातक हमला गरेका छन् । प्रहरीका अनुसार ती व्यक्तिको पहिचान ५१ वर्षीय एड लिन्सेको रूपमा भएको छ ।जानकारी अनुसार ११ वर्षको उमेरमा एडलाई उनका अभिभावकले बोर्डिङ स्कूल (boarding school) मा पठाएका थिए । जसकारण उनी आफ्ना बाबुआमासँग निकै रिसाए ।

त्यसको बदला लिन ४० वर्षपछि आफ्ना बाबुआमामाथि घातक हमला गरेका हुन् । एड लिन्से, एक असफल व्यापारी समेत हुन् । यस भन्दा पहिले पनि उनीमाथि बुबाको हत्या प्रयासको आरोप लाग्यो । तर त्यसको सट्टा बाबुलाई गम्भीर शारीरिक हानि पुर्‍याउन खोजेको आरोपमा निवेदन स्वीकार गरियो । एड लिन्सेले अप्रिल २२ मा मध्यरात सो हमला गरेको खुलेको छ । मेट्रो न्यूजका अनुसार चेशाइरको नेदर एल्डरलीमा रहेको आफ्ना आमाबुवाको १२ लाख पाउण्डको फार्महाउसमा घुसेर उनले ८५ वर्षीय बुबा निकोलस क्लेटन र ८२ वर्षीया आमा जुलियालाई आक्रमण गरेका हुन् ।

याहू न्युजका अनुसार लिन्सेले बुबालाई सुत्ने कोठामा आक्रमण गरेका थिए । छोराको आक्रमणमा परेर उनको टाउको, कान र हातमा गम्भीर चोट लागेको थियो । उनका बुबालाई ब्रेन हेमरेज पनि भयो, जसकारण उनले ५ हप्ता अस्पतालमा बिताउनुपर्यो । त्यसपछि उनी आफ्नी आमा भएको कोठामा गए र टाउकोमा हिर्काए ।

आमाको पिठ्युमा गाँठो र घाउ भयो । दुई सन्तानका बुबा लिन्सेले आक्रमणका पछाडि बच्चा हुँदाको कुरा जोडिएको बताएका छन् । उनलाई सन् १९८० को दशकमा केटाको बोर्डिङ स्कूलमा पठाइएको थियो । त्यहाँ उनलाई धेरै यातना दिइयो । उनी त्यस कुराबाट निकै रिसाएका थिए । त्यसैले उनी आमाबाबुसँग बदला लिन चाहन्थे ।

एडका अभिभावकका वकिलले अदालतमा अभियुक्त छोराले घरमा बोर्डिङ स्कूलमा के भयो भनेर कहिल्यै उल्लेख नगरेको स्पष्ट पारेका छन् । आमाले दिएको जानकारी अनुसार छोरा एड लामो समयदेखि उनीहरूसँग खु:शी थिएनन् । यसका बाबजुद पनि उनले आरोपित छोरासँग राम्रो सम्बन्ध कायम राख्ने प्रयास गरिरहेका थिए ।

आर्थिक रूपमा पनि सधैं सहयोग गरेको उनले जानकारी गराइन् । अभिभावकहरूका अनुसार एड विश्वास गर्थे कि उनले बोर्डिङ पढ्दा भोगेको पीडाका लागि अभिभावकलाई जिम्मेवार मान्दै क्षतिपूर्ति मागिरहेका छन् । हाल यस प्रकरणमा अदालतले आरोपी एडलाई आमाबुवामाथि ज्यान लिनेगरी भएको आक्रमणमा दोषी ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित