बिहान खाली पेटमै भुलेर पनि नखानुहोस् यी चीज

अहिले जाडोको मौसम छ । बिहान उठ्ने बित्तकै हामिले तातो पानी र चिया पिउने गर्छौ । यस्तै बिहानै उठेर नास्ता पनि गर्छौ । नास्तामा हामिले विभिन्न खानेकुराहरु खान्छौ ।

तपाईलाई थाहा छ, हामिले बिहानै खालिपेटमा खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई फाइदा गर्दैन । बिहान उठ्ने बित्तकै खालीपेटमा हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ । यस्तो बेला विहान एसिडिटीयुक्त खानेकुरा खानु हुदैन । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ ।

काँचो सागसब्जी

डाइटमा सलाद खानु राम्रो मानिन्छ तर यो ध्यान दिन आवश्यक छ कि काँचो खाने सागसब्जीमा भरपुर फाइबर हुन आवश्यक छ । जुन सजिल्यै पच्छ । बिहान खाली पेटमा काँचो सागसब्जीले ग्यास, ब्लोटिङ र पेट दुख्ने समस्या पैदा गर्छ ।

अमिलो फलफूल

अमिलो फलफूल सुन्तला र टमाटरमा भिटामिन सीको मात्रा प्रचुर हुन्छ । यसले तपाईंको छाला र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तर खाली पेटमा बिहान खाँदा एसिड पैदा गर्छ र पेटमा जलन र ग्याष्ट्रिक पनि निम्त्याउँछ ।

कफी

सामान्यतयाः मानिसहरु बिहान खाली पेटमा कफी पिएर सुरुवात गर्छन् । तर खाली पेटमा कफी पिउँदा पेटमा अम्लिय रस उत्पादन हुने र पेटमा ग्याष्ट्राइटिस हुने खतरा बढ्छ ।

केरा

बिहान खाली पेटमा केरा खाँदा ध्यान दिन आवश्यक छ । केरामा म्याग्नेशियम र पोटाशियमको मात्रा उच्च हुन्छ । जसले खाली पेटमा सेवन गर्दा मिनरललाई असन्तुलित बनाउँछ ।

बास्नादार पेयपदार्थ

एक गिलास जुस पिएर दिनको सुरुवात गर्ने चलन रहेको छ । तर प्याकिङ गरिएको जुसमा भारी मात्रामा चिनी हुन्छ । पेटमा सानो आन्द्राको माथिल्लो भागमा रहेको ग्रन्थीलाई प्यानक्रियाज ग्रन्थी भनिन्छ ।

दही

दहीले खाना पचाउन मद्दत गर्छ । तर यसमा पाइने ल्याक्टिक एसिड नामक ब्याक्टेरियाले बिहान खाली पेटमा उच्च अम्लीय सामाग्री पैदा गर्छ । त्यसैले दही बिहान खाली पेटमा भन्दा दिउँसो खाँदा राम्रो मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित