आमाको सपनाले प्रेरित जेम्सको अवतार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aaavaty_sWO6sN9AAt_cul1p4covik79h2i8dkre4iqs8cqa1tgo87dvcqrel8pkhnyqnckckolurcz_Tg3I0Ae3P1_d4pp8rwnlpjfleaapnjw2s2oraec7hddmpucjla5mu4mash7d2rl9lfsimjb.jpg)
लसएञ्जल्स / जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार–द वे अफ वाटर’ शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । सन् २००९ मा रिलिज ‘अवतार’ को दोस्रो सिरिज १३ वर्षपछि प्रदर्शनमा आउन लागेको हो । यो साइन्स फिक्सन फिल्मको रिलिजअघि यसको एडभान्स बुकिङ विश्वव्यापी रुपमा आक्रामक थियो ।
तर, सायद कमैलाई थाहा होला कि ग्राण्ड बजेटमा बनेको यो फिल्म बनाउने सोच जेम्स क्यामरुनलाई उनकी आमामार्फत् आएको थियो । उनकी आमाले सपनामा जुन कुरा देखिन्, त्यो कुरा जेम्सलाई सुनाएपछि जेम्स ‘अवतार’ बनाउन प्रेरित भएका थिए ।
जेम्सकी आमा शर्ली क्यामरुनले एउटा सपना देखेकी थिइन् । जुन सपनामा उनले १२ फिटकी निलो रंगकी युवती देखेकी थिइन् । उनी आमाले आफूले देखेको सपना छोरा जेम्सलाई एक कथाका रुपमा बताइन् । तर, आमाको सपनाको कुरा सुनेर जेम्सलाई एउटा यस्तो फिल्म बनाउने सोच आयो, जुन एक ग्रहको कथा थियो । जहाँ १० देखि १२ फिट अग्ला र निलो रंगका मानिस बस्छन् । जसको अनुहार र शरीर फरक छन् ।
जेम्सले ‘अवतार’ बनाउने सोच त्यो समयमा गरेका थिए, जुन समयमा उनले लियोनार्डो डिकाप्रियो र केन्ट विन्सलेट स्टारर फिल्म ‘टाइटानिक’ बनाउने बारेमा सोचेका पनि थिएनन् ।लामो समयदेखि जेम्सको दिमागमा ‘अवतार’ बनाउने सोच थियो । तर, उनले सन् १९९७ मा रिलिज फिल्म ‘टाइटानिक’ बनाए । यो फिल्मपछि उनले तीन वर्षसम्म अवतारका लागि काम गरे । ‘टाइटानिक’ले थिएटरमा दर्शकको बाक्लो उपस्थितिमात्र पाएन, बक्सअफिसमा ठूलो सफलता नै हात पार्यो । त्यो समयमा यो फिल्मले घरेलु बक्सअफिसमा २ हजार ४ सय ६० करोड डलरको कमाई गरेको थियो भने विश्वव्यापी रुपमा यसको कमाई ८ हजार ७ सय २६ करोड डलर थियो ।
‘टाइटानिक’को कमाई पछि जोकोहीले पनि लियोनार्दोको यो फिल्मको रेकर्ड कसैले नतोड्ने अनुमान गरेका थिए । तर, यो गलब साबित भयो । किनकि सन् २००९ मा रिलिज जेम्सको दोस्रो फिल्म ‘अवतार’ले ‘टाइटानिक’को रेकर्ड ब्रेक गरिदियो । ‘अवतार’ले विश्वव्यापी रुपमा १८ हजार ९ सय ५७ करोडको कमाई गरेको थियो ।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_CLZYgwS8zl_s2cesbu76sfkk2rozneiwho3kjuwyplkcrrqkubnd8gauthemv7uugno1dzz.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_W5HL9G5nBW_arzzuynxlmpobm1l2e2gxnbxjcoqhuvbnkyaddlo8jefd52wzowltlx9eklc.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_Rg3pE3ZMAX_rsk9kim9bcbglkp6rkylclfkdvmsquyksargvcypbcfufvmbhkxrotzhuvjw.jpg)
प्रतिक्रिया