शिक्षाबाट वञ्चित धरानका सृजना र सृष्टिलाई अष्टेलिया निवासी सुवासले गरे शैक्षिक संरक्षण 

धरा / गरिबी र विद्यालयको असक्षम नेतृत्वका कारण  १ महिनादेखि शिक्षाबाट वञ्चित रहेका सृजना र सृष्टि गन्धर्वलाई अष्टेलिया निवासी सुवास श्रेष्ठले  कक्षा १० सम्मको  अध्ययनको जिम्मा लिएका छन्। धरान ८ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालयबाट निकालिएका दुई बालिकालाई सुवासले पढाउने जिम्मा लिए सँग शुल्क शैक्षिक सामग्रीको  र पोसाक खाजाको व्यवस्था गरे सॅगै बालिकाहरू आजबाट धरान ८ को श्री ल्याबोरेटरि माध्यमिक विद्यालय पढ्नु थालेका छन्।

धरान ८ मा रहेको सहिद स्मृतिको माविको प्राङ्गणमा प्रार्थना गर्दा लाइनमा बसेकी विद्यार्थी सृष्टिलाई पोसाक  नलगाएको भन्दै सहिद मा.बिका प्रधानाध्यापक राम बहादुर विष्टले प्रार्थना लाइनमा बस्दा  विद्यालयबाट निकालिदिएका हुन्। विद्यालयले पोसाक परिवर्तन गरेपछि नयाँ पोसाक किन्न नसेके पछि गरिबीको मजाक उडाएर नै लाइनबाट  निकालेकोमा अभिभावकले आपत्ति जनाएका छन्।  यता १९ सय का दरले दुई जनाको बिल आएपछि तिर्नु नसक्दा विद्यालयले   पटक पटक बालबालिकालाई शुल्क नतिरे परीक्षा दिन नपाइने भन्दै त्रसित पार्दै आएको आफ्नो जात दलितमा पर्ने छात्रवृती मिलाइ दिनु भन्दा समेत नमानेको  अभिभावकको भनाई छ । आर्थिक विपन्न विद्यार्थिहरुलाई विकल्प नखोजी विद्यालयबाट नै विद्यार्थी निकालेको र महिनौँ सम्म विद्यालय नगएको विद्यालयले सोधिखोजी नगरेको भन्दै विद्यालयको असक्षम नेतृत्व माथि शिक्षाप्रेमिहरु लगायत  धेरैले प्रश्न खडा गरेका छन्।

धरान -८ साम्पाङ चोक बस्ने राष्ट्रिय लोक गायक सुरेश गन्धर्वका  दुई नातिनीको महिनौँ देखि आर्थिक अभावका कै कारण  विद्यालय जान नपाएको पठनपाठनको थलो रहेको विद्यालयले  जसमा पनि सरकारी विद्यालयले चर्को शुल्क लिएर दिवा खाजाको समेत ५ सय रकम असुली गर्दा यसबारे वडाका सदस्य बालबालिका फोकल प्रसन जनप्रतिनिधि र शैक्षिक हबको प्रयासमा रहेको सिङ्गो उपमहानगर मौन छ । आमाले सानैमा छाडेर पोईला गएको र बुबा गायनेतिर व्यस्त घरमा छोरीहरू नहेर्ने भएकाले उनीहरू फुपू तारा र हजुरबुबा सुरेशको रेखदेखमा छन्। गीत गाएर नातिनीलाई पढाई रहेका राष्ट्रिय लोकगायक वर्षो देखि गन्धर्व हाल विभिन्न रोगका कारण थलिएर रहेपछि विद्यालयको पैसा तिर्नु नसकेको सुरेशले बताए। सुरेशले भने” गाउने बेला सबैलाई चाहिने , गाए पछि कसैलाई नचाहिने” धेरै राष्ट्रिय नेताले गीत गाउन प्रयोग गरे अहिले खान र ओत लागेर बस्न नि गाह्रो छ । कसैले सम्झेनन् । बिरामी भएर नातिनीहरूलाई पढाउनु सकिरहेको थिइन सुवासजीले पढाई दिनु भो उहॅालाई टाढा भएनि धन्यवाद भन्छु।

कक्षा ४ मा पढ्ने सृष्टि ९ बर्सकी हुन्। उनी पढेर आफू डाक्टर बन्ने  र समाजको सेवा गर्ने बताउँछिन्। यस्तै , सृजना १० बर्सकी हुन् उनी कक्षा ५ मा पढ्छिन्। उनी नायिका रहर रहेको बताउँछिन्। भविष्यका कर्णधार  राष्ट्र निर्माणका आधार बालबालिका धरानजस्तो आधुनिक सहरमा बसेर पढ्नु नपाएको कुरा थाहा पाएकाले र राष्ट्रिय गायक सुरेश सरको सम्मान स्वरूप  उहॅाका दुई नातिनीलाई कक्षा १० सम्म पढाउने जिम्मा लिएको हॅु। सुवासले भने।

प्रधानाध्यापक राम बहादुर विष्टले मिडियालाई किन सुनाको विद्यालयको बेइजत किन गरेको यति जाबो लुगा किन्ने फी तिर्ने  पैसा छैन भनेर गाली गर्नु भयो ।  दुबैजनाले एकै स्वरमा भने” साथीहरूले हामीलाई जिस्काउन त्यसैले हामी सहिद विद्यालय जानौ। बरु पढ्दैनौ हामी सहिद नजाने”  नानीहरूलाई यो वर्ष सहिद पढ भन्दा नि नमाने पछि ल्याबोरेटरि भर्ना गरिदिएको फुपू तारा गन्धर्वले बताइन।

संचारकर्मि दीपक बोहराले भने” सुल्क तिर्नु नसकेको र पोसाक नलगाएको कुरा विद्यालयले अभिभावकलाई सुनाउने हो । अन्य साथिसॅग तुलनात्मक रूपले सोच्ने हॅुदा बालबालिकालाई बालमष्तिकमा नराम्रो प्रभाव पर्छ । “यस्तै ,धरानका पूर्व हाल वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले भने” दिवा खाजाको कक्षा ६ सम्म पैसा दिन मिल्दैन। र विद्यालयलाई रकम बढाउने अधिकार छैन। बढाएमा पनि कार्यपालिका बैठकमा पारित गरिनुपर्छ । यस्ता विद्यालयलाई उजुरी परेमा कारबाही समेत हुने बताउँछन्।

यस्तै, सहिदका प्रधानाध्यापक विष्टले आफूले दिवा खाजाको ५ सय बढाएको स्वीकार गरे। उनले भने “ अभिभावकको बैठक बोलाएर बढाएका हौ। विद्यालयमा पोसाक लगाउनु पर्छ लगाएर मात्र आउनु भनेर घर पठाएकै हौ।  त्यसपछि चैँ विद्यालयमा अभिभावक चैँ महिनौँ सम्म आफ्नो अवस्था लिएर किन विद्यालय आउनु भएन ? हामी मात्र जिम्मेवार हो र ?

यस्तै धरानकी एक महिलाले भनिन सहिदबाट ४ हजारको बिल आएको छ दाउरा बिक्री गरेर घर धान्नु पर्छ। मलाईनि नानीहरू पढाउन असहज भयो । सहिद  आफ्नो छोराछोरी पढाउँदा  शुल्क मंहगो भएकाले आफू यो वर्ष देखि नानीहरू नपढाउने  केही अभिभावक बताउँछन्। ल्याबोरेटरि माविका सहायक प्रधानाध्यापक उत्तम सुवेदीले आफ्नो विद्यालयमा विपन्न वर्गलाई लक्षित गरिएको सेवा सुविधा दिने समेत बताए।

प्रतिक्रिया

सम्बन्धित