विश्व आदर्श कलेजद्वारा विद्यार्थीलाई सम्मान

इटहरी । इटहरीस्थित विश्व आदर्श कलेजले विभिन्न खेल प्रतियोगितामा जीत हासिल गर्ने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । यसै महिना भएको वाइवाइ अण्डर १९ क्रिकेट प्रतियोगितामा सहभागी प्रदेश नं.१ टिमका क्याप्टेन समिर तिम्सिनालाई सम्मान गरिएको छ । उनले कुशल क्याप्टेनसिपको उपाधि हात पारेका थिए । उनी विविएस दास्रो वर्षमा अध्ययनरत छन् ।

यसका साथै पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा तेक्वान्दोमा तेस्रो स्थान प्राप्त गर्न सफल शान्ति राईलाई समेत सम्मान गरिएको थियो । यस्तै, कलेजले हिसान स्पोर्टस् अन्तर्गत इटहरी रंगशालामा भएको खेलमा विजयी भएका विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । टेबल टेनिसमा छात्र तर्फ प्रथम रनरअप हुने अनुज घिमिरे र छात्रा तर्फ दोस्रो रनरअप प्रशंसा कटुवाललाई सम्मान गरेको छ । यस्तै, ब्याडमिन्टन प्रतियोगीतामा छात्र तर्फ तेस्रो रनरअप भएका सोभन भट्टराई र छात्रा तर्फ तेस्रो रनरअप भएकी प्रिती चौधरीलाई समेत कलेजले सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित