कालो सुचीमा परेकालाई खाँदबारी अस्पतालले दियो औषधी खरिदको ठेक्का

इटहरी । जिल्ला अस्पताल खाँदबारीले कालो सुचीमा परेका आपूर्तिकर्तालाई ठेक्का दिन लागेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सुचीमा राखेको सर्जिमेड डिष्ट्रिब्युटर्स धरानलाई औषधी खरिदको ठेक्का दिन लागेको हो । अस्पतालले यहिँ मंसिर २३ गते मध्यन्ह दैनिक मार्फत सुचना प्रकाशन गरि बोलपत्र आव्हान गरेको थियो । उक्त्त सुचना पश्चात बोलपत्र पेश गरेका धरान १ पृथ्वी मार्गमा रहेको सर्जीमेड डिस्ट्रिब्यूटर्सलाई जिल्ला अस्पतालको छनौट समितिले छनौट गरेको हो ।

छनौटमा परेका सर्जीमेड स्वास्थ्य सामग्री आपुर्तीकै विषयमा धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिफारिसमा कालो सुचीमा परेको हो । प्रतिष्ठानमा पनि स्वास्थ्य सामग्रीको ठेक्का पाएर सम्झौता अनुसारको काम नगरेपछि कालो सुचिमा परेको प्रतिष्ठनले जनाएको छ ।

सर्जीमेड कालो सुचीमा रहेको बिवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईटमा स्पष्ट देख्न सकिन्छ । यसरी प्रत्यक्ष रुपमा नै कालो सुचीमा रहेको देख्दा देख्दै अस्पतालको छनौट समितिले सर्जीमेडलाई नै छनौट गर्नुले संका उब्जिएको सरोकारवालाहरुले बताउन थालेका छन् ।

विगतमा पनि सामान आपुर्तीको विषयमा चर्चा कमाएको अस्पतालका कर्मचारीहरु यस पठक पनि मिलेमतोमा छनाैट गरिएकाे आशंका गरिएको छ । यस पठकको ठेक्का छनौट समितिमा कार्यालय प्रमुख निर्मिका राई, मेडिकल फार्मेसी सुपरभाईजर धिरज रौनियार, मेडिकल रेकर्ड सुपर भाईजर शेखर खत्री लगायतका सदस्यहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित