निजी मेडिकल कलेज एशोसिएसनको अध्यक्षमा डा कार्की

काठमाडौं । निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार बसेको साधारणसभाले नयाँ अध्यक्षमा प्राध्यापक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई चयन गरेको हो ।

यस अगाडीका अध्यक्ष वसरुद्धिन अन्सारीको समय व्यस्तताले काम गर्न नसके पछि साधारणसभाले कार्कीलाई अध्यक्षका रुपमा चयन गरेको हो । दुई दर्जन भन्दा बढी मेडिकल कलेज भएपनि एशोसिएसन सक्रिय भएको थिएन । समय अनुसार मेडिकल शिक्षा चल्नुपर्ने भन्दै नयाँ समिति तय भएको हो । उपाध्यक्षमा डा बुद्धिमान श्रेष्ठ, भिम चन्द महासचिवमा चयन भएका छन् ।

यस्तै एशोसिएसनको कोषाध्यक्षमा शान्तराज बतास चयन भएका छन् । उनी पोखरास्थित मणिपाल मेडिकल कलेजका सञ्चालक हुन् । साधारणसभाले सदस्यहरुमा डा हरिषचन्द्र न्यौपाने, डा नटराजप्रसाद, खुमा अर्याल, डा गोपाल पोखरेल लगायत सबै मेडिकल कलेजका सञ्चालकहरुलाई सदस्यमा चयन गरेको छ । उनिहरुले मेडिकल शिक्षलाई नयाँ सिराबाट अगाडी बढाउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित