`पियू शिक्षण अस्पताल पूर्णरूपमा सञ्चालन हुनु जरूरी छ, कसैले गलत राजनीति नगराै´ डा. शर्मा

सुन्दरहरैँचा / माेरङ क्षेत्र न. ३ बाट नव निर्वाचन प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालन हुन जरूरी रहेको उल्लेख गरेका छन्। मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सांसद डा. शर्माले साे कुरा बताएका हुन् । उनले पियू शिक्षण अस्पताललाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफु लागि परेको उल्लेख गरे । ` बिगतमा दिनको १० देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारू गरेको बिश्वबिद्यालयलाई माघ १ गते देखि ८ घण्टा सञ्चालनमा ल्याउने गरी सहमती भइसकेको छ´। डा.शर्माले भने `निर्वाचन जितेर गइसकेपछि मतदाताहरूसँग गरेको बाचा अनुरूप बिश्वबिद्यालयलाई पहिलो चरणमा ९ देखि ५ बजे सम्म सुचारु गरिने र दोश्रो चरणमा रात्रिकालिन सेवा हुँदै २४ सै घण्टा सेवा उपलब्ध गराने बिषयमा कुराकानी भइरहेको छ´।

बिश्वबिद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सुचारू गर्न आफु तत्पर रहेको डा. शर्माले बताए । आफ्नाे निर्वाचन क्षेत्रबाट निर्वाचित भएलगत्तै बिश्वबिद्यालयलाइ नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने बिषयमा सम्बन्धित ब्याक्तीहरूसँग सल्लाह गरिरहेको साथै साेहि बमाेजिम अब काम हुने डा. शर्माकाे भनाइ रहेको छ ।

आसपास क्षेत्रका सर्वसाधरणको सहजताका लागि अस्पताल सञ्चालन गर्नु अपरिहार्य रहेको जोड दिदैं डा.शर्माले यो बिषयमा गलत राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् ।शर्माले आफ्नो चुनाबी प्रतिवद्धता पत्रमै विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका थिए । मेडिकल कलेजका लागि कम्तिमा तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएकाले त्यसैका लागि डा.शर्मा आक्रामक रूपमा लागेका हुन् । अस्पताल सञ्चालनपछि मेडिकल कलेज सञ्चालनको तयारीमा जुट्ने डा.शर्माले उल्लेख गरे ।

पूर्वाञ्चल विश्वविद्यालयमा सुविधा सम्पन्न मेडिकल कलेज सञ्चालनको बिषयमा सांसद शर्मासँग चर्चा भएको पियूका उपकुलपति प्राडा यादवराज कोइरालाले बताए । `यस क्षेत्रमा मेडिकल कलेज सञ्चालनमा आए यहाँका बिपन्न बिद्यार्थीहरूले स्वास्थ्य शिक्षा सम्बन्धी उच्च ज्ञान हासिल गर्न महगो शुल्क तिरेर काठमाण्डौ लगायत देश बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुनेछ´। उपकुलपति कोइरालाको भने `यो सँगै बिश्वबिद्यालय परिषरमै स्वास्थ्य सेवालाइ बिस्तार गर्न सके ग्रामिण भेगका बिरामीहरूले स्वास्थ्य सम्बन्धी सेवाहरू पाउँने थिए´ ।

माेरङ जिल्लाकाे ग्रामिण भेगका स्थानियहरू पनि अब बिश्वबिद्यालय परिसर भित्र उचित स्वास्थ्य सेवा पाउँनेमा बिश्वस्त देखिएकाे पियूका सिनेट सदस्य लाेकप्रसाद संग्राैलाले बताए। उनले माेरङ क्षेत्र नं ३ बाट डा. शर्माले सांसद जिते लगत्तै बिश्वबिद्यालय सुधार हुनुकासाथै स्वास्थ्य सेवा पनि बिस्तार हुनेमा बिश्वस्त रहेकाे उल्लेख गरे।

पियू शिक्षण अस्पतालमा छाला , फिजिसियन , बालराेग , हाडजोर्नी नशाराेग ,गाइजाे , फिजिसियन , सर्जन , आँखा, दाँत,बच्चाकाे इन्डाेसकाेपि , एक्स रे , लगायतकाे उपचार तथा सेवा सुविधा रहेको छ।अस्पतालमा विभिन्न विभाग र उपचार कक्ष भए पनि डाक्टर समयमा नआउँने तथा आए पनि राम्रो नबस्ने साथै कर्मचारीकाे अभाव लगायतका विभिन्न कारणले भने समस्या हुने गरेको सेवाग्राहीहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित