क्यान सुनसरीको अध्यक्षमा सन्देश राई, सर्वसम्मत नयाँ नेतृत्व चयन

इटहरी । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ,  सुनसरी शाखाको १७ औँ जिल्ला अधिवेशनले सन्देश  राईको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । इटहरीमा आयोजित १७ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरू तोक्ने तथा सदस्यहरू मनोनयन गर्ने व्यवस्था गरे अनुसार अधिवेशनले एक जना अध्यक्ष सहित नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पुन्य प्रसाद अधिकारी , उपाध्यक्षमा लोकेन्द्र प्रसाद ढकाल, सचिव शम्भु प्रसाद धमला, सह सचिव सञ्जय विक्रम विष्ट, कोषाध्यक्ष रूपा कोइराला र सदस्यहरूमा क्रमशः अमर ढकाल, देवराज श्रेष्ठ, दीप नारायण यादव, लीला श्रेष्ठ, खगेन्द्र बस्नेत रहेका छन् । क्यानको विधान अनुसार २ सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।

क्यान सुनसरी शाखाका अध्यक्ष विशाल बास्तोला अध्यक्षता तथा क्यान केन्द्रका महासचिब नारायण थापाको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो । साधारणसभामा क्यान सुनसरीको वार्षिक प्रगति प्रतिवेदन सचिव यज्ञराज दाहाल (नवराज) र आर्थिक प्रतिवेदन कोषाध्यक्ष महेन्द्र गुराँगाइले वाचन गरी सुनाएका थिए । ती दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । कार्यक्रममा क्यान केन्द्रका सचिव ठाकुर कुमार श्रेष्ठ, क्यान प्रदेश १ अध्यक्ष भवकृष्ण तिम्सिना, क्यान सुनसरीका संस्थापक अध्यक्ष कमल तिम्सिना लगायतहरूकाे उपस्थिति रहेको थियो ।  खगेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित