इटहरीमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्धारा एक दिने एजुकेसन फेयर आयोजना गर्ने

इटहरी / बेलायत,अमेरिका, क्यानडा, आयरलेन्ड लगायतका देशहरूमा उच्च शिक्षामा जाने विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले एक दिने एजुकेसन फेयर आयोजना गर्ने भएको छ । २०७९ कार्त्तिक २८ गते सोमबार इटहरी स्थित आफ्नै कार्यालयमा बिहान १० देखी ४ बजे सम्म फेयर आयोजना हुने संस्थाका प्रबन्धक निर्देशक कमल तिम्सिनाले जानकारी दिएका छन् ।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूलाई १५ भन्दा बढी  विश्वविद्यालय , कलेजहरूले तथा त्यहाँ पढाई हुने विषयहरुमा परामर्श प्रदान गर्ने संस्थाका निर्देशक भव तिम्सिनाले जानकारी दिएका छन् । उनले  उक्त परामर्शबाट आफूलाई उच्च शिक्षा  अध्ययनका सन्दर्भमा रहेका अन्यौलहरु समाधान रहने बताएका छन् । संस्थाले विगतमा पनि विभिन्न विश्वविद्यालयद्वारा विद्यार्थीलाई परामर्श प्रदान गराउँदै आएको र  आगामी दिनमा पनि विद्यार्थीको सहजीकरणका लागी संस्थाले अन्य कार्यक्रमहरु पनि सञ्चालनमा ल्याउने बताए ।

प्रतिक्रिया

सम्बन्धित