नेपालमा थप १६ जनामा कोरोना संक्रमण

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर  र एन्टिजेन गरी एक हजार आठ सय ३७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले कोरोनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच सय ६३ जना रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।थप ३४ हजार दुई सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित